नेपाली चेलीबेटीहरूको महान् पर्व तीजको हार्दिक मंगलमय शुभकामना

Description: http://f0.pepst.com/c/096E9E/423006/ssc3/home/055/mr-loomba/albums/omkar.gif_480_480_0_64000_0_1_0.gif

आउनुस् जानौं र प्रयोग गरौं, हाम्रा अग्रज ऋषिमुनिले प्रदान गर्नुभएको त्यस ज्योतिषीय ज्ञानलाई, जसको कुनै विकल्प छैन। यस ज्योतिषविद्याको अनुशीलनका माध्यमबाट तपाईं, म र हामी सबैले वर्तमान र भविष्यमा हुनसक्ने राम्रा/नराम्रा घटना तथा सङ्केतलाई पहिल्याउन सक्छौं, केही अनिष्ट छन् भने तिनलाई निवारण गर्न स्वस्ति, शान्ति र उपाय गर्न सक्दछौं, पूजा, पाठ, मन्त्र, जाप जस्ता उपायद्वारा ती अशुभ घटनालाई पन्छाउने प्रयास गर्न सक्दछौं। हाम्रो जीवनमा हुनसक्ने हानि/लाभ, अध्ययन/अध्यापन, प्रेम/विवाह/जीवनसाथी, साझेदारी/सम्बन्ध-विच्छेद, पेशा/व्यवसाय, रोग/व्याधि, घरघडेरी/भौतिक सुखसम्मृद्धि, जग्गा/जमीन, यात्रा/वैदेशिक यात्रा आदिका बारेमा पठनीय सामाग्री अध्ययन गर्न, सिक्न र विचारविमर्शका निमित्त समस्त पाठकलाई यस मञ्चमा स्वागत गर्दछौं।

२०७१ भाद्र महिनाको मासिक राशिफल


कृष्णप्रसाद कोइराला, उपप्राध्यापक
पिण्डेश्वर क्याम्पस, धरान
फोन +977 9862035466




मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सूर्यको प्रभाव
सूर्य पाँचौं घरमा रहेको छ । यसको प्रभावले जीवनलाई ठूलो उत्साह र उमङ्गका साथमा स्वागत गर्नुहुनेछ । दाम्पत्य जीवन र प्रणय एवं रतिरागका लागि यो समय श्रेयस्कर हुँदैन । चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ त्यसैले यस परिस्थितिबट जोगिनु पर्छ । आकस्मिक रूपमा यात्रा गर्ने अवसर पनि आउन सक्छ ।
चन्द्रको प्रभाव
चन्द्र सातौं घरमा रहेको छ । यसको प्रभावले तपाईं दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
मङ्गलको प्रभाव
मङ्गल सातौं घरमा रहेको छ । यसको प्रभावले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । शत्रुले छवि बिगार्ने प्रयास गर्नुहुनेछ । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना पनि छ । पारिवारिक जीवन पनि सुखद हुनेछैन । आफ्नो स्वास्थ्यप्रति समेत सचेत हुनुहोस् । यात्रा लाभदायी हुने छैन, निराशामात्र हात पर्नेछ । जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । जीवन समस्या र कठिनाइबाट आक्रान्त बन्नेछ ।
बुधको प्रभाव
बुध छैठौं घरमा रहेको छ । यसको प्रभावले खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । स्वास्थ्य सम्बन्धी कठिनाइ पनि हुनेछ । विरोधीले प्रतिष्ठा बिगार्ने चेष्टा गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । यसबाहेक व्यर्थका काममासमेत फँस्नु पर्नेछ । बोलीवचनलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, कटुशब्दको प्रयोग नगर्नुहोस् र अर्काको आलोचना गर्ने प्रवृत्तिलाई पनि बन्द गर्नुहोस् । पारिवारिक जीवनमा पनि राम्रो छैन । सम्भवभएसम्म यात्राबाट जोगिनुहवस् ।
बृहस्पतिको प्रभाव
बृहस्पति चौथो घरमा रहेको छ । यसको प्रभावले जीवनयापन सुविधा सम्पन्न हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै व्यापारव्यवसायको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ प्राप्त हुनेछ । उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा रहाुहुनेछ । ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । धार्मिक क्रियाकलापप्रति झुकाव रहने छ र पवित्र स्थलको यात्रा सम्पन्न हुनेछ । यस समयावधिमां मस्तिष्क सन्तुलित रहने छ र सुखभोग गर्न पाउनु हुनेछ ।
शुक्रको प्रभाव
शुक्र चौथो घरमा रहेको छ । यसको प्रभावले वर्तमान समय बडो आनन्द र उमंगका साथमा बित्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । पारिवारिक जीवन सुखद हुनेछ । व्यापार वाणिज्यबाट लाभ प्राप्त हुनेछ । परिवारमा एक किसिमको जमघट हुनेछ, जसमा सबै मानिसहरू जम्मा हुनु हुनेछ । यात्राबाट पनि राम्रो लाभ हुनेछ । विरोधीले हानि पुर्याउन सक्दैनन् । परिवारमा सदस्य संख्यामा बृद्धि हुने सम्भावना छ । गरेको प्रयासमा सफलता प्राप्त हुनेछ । आमा वा कुनै बृद्ध स्त्रीबाट पूर्ण सहयोग पाउनु हुनेछ । प्रत्येक दृष्टिबाट यो समय राम्रो छ ।
शनिको प्रभाव
शनि सातौं घरमा रहेको छ । यसको प्रभावले यो राम्रो समय छैन किनभने साझेदार वा सहयोगीले तपाईंलाई होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । सानातिना झंझट वा विवादसित जोगिनुहवस् । विपरीत लिङ्गीसँग पनि सम्बन्ध राम्रो हुनेछैन । जतिसक्दो अनावश्यक यात्रा नगर्नु नै राम्रो हुनेछ । व्यापारिक र विकाससम्बद्ध ठूलठूला निर्णय लिनुअघि पूर्णरूपेण निरीक्षण गर्नु राम्रो हुनेछ ।
राहुको प्रभाव
यसको प्रभावले मिश्रित परिणमहरू प्राप्त गर्नुहुनेछ । हुन त आफ्नो व्यवसाय र व्यापारका क्षेत्रमा उल्लेखनीय काम गर्नुहुनेछ, तर तपाईं आफ्नो लक्ष्यप्रति भ्रमित हुनुहुन्छ र एकपटक हातमा आएको कामलाई मात्र महत्त्व दिई त्यसैमा घोरिरहनु हुन्छ । निश्चय दृढ़ हुनेछ । तर गुरूजनों र मातापिताले सम्बन्ध निरन्तर गरिरहनु हुन्छ । व्यक्तित्वमा अहंकारले प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र जनप्रियतामा कमी आउने छ । अन्र्तदृष्टिलाई प्रयोग गरी आँफूभित्रका अवाञ्छित तत्त्वलाई पन्साउनु राम्रो हुनेछ ।
केतुको प्रभाव
केतु बाह्रौं घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमाअर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । अनियमित र बेठिक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ र तपाईं गहिरो संकटमा फँस्न सक्नुहुन्छ । स्वास्थ्य पनि प्रतिकूल हुने सम्भावना छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सूर्यको प्रभाव
सूर्य चौथो घरमा रहेको छ । यसको प्रभावले कडा मिहिनेत गर्नुपर्छ जुन तपाईंका लागि कष्टप्रद हुनसक्छ । निरन्तर रूपमा गरिएको परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा पनि कमी आउने छ । भन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्नेछ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्ने छ । दुर्घटनाको सामान्य भय छ, त्यसैले सवारीसाधन हाँक्दा सावधान र सचेत रहनु होला ।
चन्द्रको प्रभाव
चन्द्र छैठौं घरमा रहेको छ । यसको प्रभावले आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ ।
मङ्गलको प्रभाव
मङ्गल छैठौं घरमा रहेको छ । यसको प्रभावले असाध्यै सुख प्राप्त गर्नु हुनेछ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । अत्यधिक धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । आफ्ना अडचन र बाधा हटाउन अनि शत्रुदमन गर्न चेष्टा गर्नुहुनेछ । तर वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ ।
बुधको प्रभाव
बुध पाँचौं घरमा रहेको छ । यसको प्रभावले आफ्नो तेजिलो विवेक, बुद्धि र समुचित अनुमानका कारण अत्यधिक सम्मान प्राप्त हुनेछ । कल्पना अत्यधिक सक्रिय रहने छ । नयाँ नयाँ उद्यमहरू गर्नाले निश्चित रूपमा सफलता प्राप्त गर्नु हुनेछ । यो समय प्रणय र रोमान्सका लागि पनि राम्रो छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ । मित्र र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । महत्वपूर्ण व्यक्तिहरूसित सम्पर्क बढाउनु हुनेछ । एउटा स्मरणीय यात्रा हुने सम्भावना पनि छ ।
बृहस्पतिको प्रभाव
बृहस्पति तेस्रो घरमा रहेको छ । यसको प्रभावले क्रियाकलापको प्रशंसा हुनेछ र अत्यधिक सम्मान प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । सामाजिक क्षेत्रमा राम्रो सम्बन्ध बढ्ने छ । ससाना यात्राबाट सफलता प्राप्त हुनेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्वपूर्ण कार्य गर्न खोज्नु हुन्छ । तपाईं विवाहित हुनुहुन्छ भने वैवाहिक जीवन सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । कुनै मान्यजनबाट तपाईंलाई सहारा प्राप्त हुनेछ । सानातिना रोगव्याधिको प्रकोपको सम्भावना पनि छ ।
शुक्रको प्रभाव
शुक्र तेस्रो घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमातपाईं अत्यधिक उत्साही र फुर्तिलो रहनुहुनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछ । पारिवारिक सुख कायम रहने छ र दाजुभाइ र दिदीबहिनीका माझमा सुमधुर सम्बन्ध रहने छ । तपाईंमा शीघ्र निर्णयको क्षमता अभिबृद्धि हुनेछ, जसबाट लाभ प्राप्त गर्नुहुनेछ । वर्तमान समयमायातायातको साधनको जोहो गर्नुहुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित सम्पर्क बढ्ने छ । पेसागत र व्यवसायिक परिस्थतिमा पनि सुधार हुनेछ । भाग्यशाली समय हुनाले मनले इच्छाएको काम सम्पन्न हुनेछ ।
शनिको प्रभाव
शनि छैठौं घरमा रहेको छ । यसको प्रभावले आफ्नो कार्यक्षेत्र मा धेरै राम्रो प्रगति गर्नुहुनेछ । नोकरी वा व्यवसायको क्षेत्रमा राम्रो सुधार आउने छ । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्ने छ । दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति गर्नुहुनेछ । विरोधीले बदख्वाइँ गर्ने प्रयास गर्न सक्दैनन् । आर्थिक रूपले यो समय अनुकूल रहनेछ । ससाना यात्रा उपयोगी हुनेछ । पारिवारिक वातावरण पूर्ण संतोषप्रद हुनेछ । यस अवधिको मध्यभागमा सानातिना रोगव्याधिको मारमा पर्न सक्नुहुन्छ ।
राहुको प्रभाव
यसको प्रभावले वर्तमान समयमादुर्घटनाले मानसिक तनाव सिर्जना हुनेछ । गरेका प्रत्येक काममा असफलतामात्र हुने सम्भावना छ । तपाईंभित्र टुसाएको भ्रमले भयंकर मनोविकृतिलाई निम्त्याउन सक्छ । साथीभाइले निर्वाह गरेको भूमिका पनि तपाईंका लागि असहनीय बन्न सक्छ । कुनै न कुनै अप्ठ्यारोले तपाईंलाई पछ्याइरहेको हुनेछ । स्वास्थ्यमा देखिने प्रतिकूलताका कारण आफ्ना वचन पूरा गर्न सक्नुहुन्न । रहस्यात्मकतातर्फ रूचि जागृत हुनसक्छ र कुनै अतीन्द्रिय अनुभव पनि प्राप्त हुनसक्छ ।
केतुको प्रभाव
केतु एघारौं घरमा रहेको छ । यसको प्रभावले अचानक परिस्थिति फेरिएर अनुकूल हुनथाल्नेछ । व्यापारिक किनमेल र नयाँ कारोबारले तपाईंलाई लाभान्वित तुल्याउने छ । मित्र र हितैषीको पूर्ण सहयोग प्राप्त हुनेछ । उच्चकोटिको शारीरिकसुख प्राप्त हुनेछ । पदोन्नति हुनेछ । लामो यात्रा हुने सम्भावना पनि प्रबल छ । पारिवारिक जीवन संतोषप्रद रहने छ । सामाजिक क्षेत्रमा वर्चस्व कायम हुनेछ, जसबाट प्रतिष्ठा र सम्मान प्राप्त गर्नुहुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सूर्यको प्रभाव
सूर्य तेस्रो घरमा रहेको छ । यसको प्रभावले पारिवारिक जीवनमा सुख प्राप्त गर्नु हुनेछ र बहुप्रतीक्षित इच्छा र उद्देश्यमा सफलता आर्जन हुनेछ । धेरै समय घुमघाम र भ्रमणमा बिताउनु हुनेछ । ससाना यात्रा भाग्यशाली सिद्ध हुनेछन् र सुखद समेत हुनेछन् । धनप्राप्तिको समाचार प्राप्त हुनेछ । पारिवारिक मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ । वर्तमान समयमा स्वास्थ्य पनि अनुकूल रहने छ ।
चन्द्रको प्रभाव
चन्द्र पाँचौं घरमा रहेको छ । यसको प्रभावले अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । पठनपाठन र र्बाद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल पाँचौं घरमा रहेको छ । यसको प्रभावले यो समयमा तपाईं सावधान हुनु पर्छ, किनभने यतिबेला विवेक र बुद्धिले काम नगर्न सक्छ । स्वास्थ्य र घरपरिवारकै सदस्यका कारण तनाव सिर्जना हुनेछ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु होला । कुनै यस्तो आकस्मिक पनि गर्नु पर्ने हुन्छ, जसका कारण तपाईं नियन्त्रणभन्दा बाहिर पुग्नुहुनेछ । मित्र र सहयोगीहरूबाट निराशा हुनेछ । यात्राबाट थकितले थकान बन्नुहुनेछ ।
बुधको प्रभाव
बुध चौथो घरमा रहेको छ । यसको प्रभावले तपाईंभित्र लुकेको व्यवसायगत सहज योग्यताको विकास हुनेछ । धेरै गम्भीरतापूर्वक काम गर्नुहुनेछ । सुखसुविधा प्राप्त गर्नु हुनेछ र साधारणतया प्रसन्नता प्राप्त हुनेछ । आफ्नो कर्मशीलताका कारण धेरै लाभ प्राप्त गर्नु हुनेछ । पारिवारिक वातावरण सौमनस्यपूर्ण हुनेछ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा शुभ संस्कार पनि सम्पन्न हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति दोस्रो घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमाआयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परविारका सदस्य र अन्य व्यक्तिको हितका लागि तपाईं धनखर्च गर्न हिचकिचाउनु हुन्न । तपाईं लोकप्रिय हुनुहुनेछ । परविारका सदस्यसंख्यामा बढोत्तरी हुनसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट पनि लाभ प्राप्त हुनेछ । कला कविता र साहित्यमा रूचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा राम्रो काम गर्नुहुनेछ । सामान्यतया सबै किसिमका सुखभोग गर्नुहुनेछ ।
शुक्रको प्रभाव
शुक्र दोस्रो घरमा रहेको छ । यसको प्रभावले घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । विपरी परिस्थितिलाई संयमतापूर्वक सामना गर्नुहुनेछ । आम्दानीका मार्गहरू बढ्ने छन् । शंकास्पद कारोबार र गलत विधिबाट पनि तपाईंसँग धनागम हुनेछ । परिवारमा कुनै मांगलिक कार्यको आयोजना हुनेछ । विपरीतलिंगीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिहरूको जमघट हुनेछ ।
शनिको प्रभाव
शनि पाँचौं घरमा रहेको छ । यसको प्रभावले सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धिविवेकको ह्रास हुनेछ । के गरी समुचित निर्णय लिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । सन्ततिको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । मित्र एवं सहयोगीले वाचा पूरा गर्न सक्दैनन् । बढी आशावादी हुनु उचित होइन र यात्राबाट सोचे जस्तो लाभ प्राप्त हुन सक्दैन । आर्थिक समस्याले मानसिक रूपमा तनावको सिर्जना हुनेछ । जोखिम ब्यहोर्नु पर्ने प्रवृत्तिलाई पूर्णरूपेण अंकुश लगाउनु बेस हुनेछ ।
राहुको प्रभाव
यसको प्रभावले पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम हुन सक्दैन । दैनिकी सञ्चालनका क्रममा पनि अवरोध सिर्जना हुनेछ । घरपरिवारका सदस्यहरुको व्यवहार अनुकूल हुनसक्दैन । तपाईं मुद्दामामिला र कानूनीफन्दामा फँस्ने पूर्ण सम्भावना छ । महत्त्वाकांक्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन । तपाईंका साथीभाइले होच्याउने प्रयास गर्नेछन् । खानपान र आहारविहारको कमीले पाचनप्रणालीमा गडबडी आउन सक्छ । सम्भवभएसम्म यात्राबाट जोगिनु राम्रो हुन्छ ।
केतुको प्रभाव
केतु दसौं घरमा रहेको छ । यसको प्रभावले तपाईं परिणामप्रति धेरै आशावादी रहनुहुनेछ । यद्यपि व्यापारव्यवसायमा अभिबृद्धिका सम्भावना छन् । महत्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्ने छ । पेसागत र व्यवसायिक परिस्थितिमा सुधार हुनेछ । पटकपटक यात्रा गर्ने सम्भावना छ । मष्तिष्क नयाँ सृजना र परिवर्तनका लागि सक्रिय हुनेछ । यद्यपि घरायसी वातावरण तपाईंअनुकूल रहने छैन र घरपरिवारको कुनै सदस्यको खराब स्वास्थ्यका कारण तपार्ईले चिन्ताग्रस्त बन्नुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सूर्यको प्रभाव
सूर्य दोस्रो घरमा रहेको छ । यसको प्रभावले पारिवारिक जीवन सुखद हुनेछैन एवं घरपरिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ । यद्यपि शारीरिक तनाव र बोझ सहन सक्ने राम्रो क्षमता छ तर पारिवारिक झमेलाले गर्दा अनावश्यक कष्ट भोग्नु पर्ने हुन्छ । आर्थिक रूपमा ठूलो नोक्सानी ब्यहोर्नु पर्छ र सम्पत्तिको नाश हुनेछ । धनसम्पत्ति र लेनदेनको मामिलामा असाध्यै सचेत हुनु आवश्यक छ । आँखा र मुखको अस्वस्थता र समस्याले सताउने छ ।
चन्द्रको प्रभाव
चन्द्र चौथो घरमा रहेको छ । यसको प्रभावले आज दिनभरि राम्रो समय छैन । कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल चौथो घरमा रहेको छ । यसको प्रभावले मानसिक उल्झन र तनावबाट ग्रसित रहनु हुनेछ । यतिबेला सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ पाउन सक्नुहुन्न । आर्थिक रूपले यो समय राम्रो होइन । त्यसैले व्ययको मात्रा पनि बढ्ने छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा पनि गर्नुपर्छ । आकस्मिक रूपमा धनहानि हुने सम्भावना पनि छ ।
बुधको प्रभाव
बुध तेस्रो घरमा रहेको छ । यसको प्रभावले मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल प्राप्त हुनेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता प्राप्त हुनेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले सौभाग्य बढ्ने छ र राम्रो परिणाम प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । त्यस्तै तपाईं प्रकाशन वा एजेन्सीसित सम्बद्ध काम गर्नुहुन्छ भने यस क्षेत्रमा पनि शुभ परिणाम देखा पर्नेछ । तपाईंमा कलात्मक अभिव्यक्ति प्रकट गर्ने क्षमता र भावनात्मक अभिनयको सहज प्रतिभा विद्यमान हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति पहिलो घरमा रहेको छ । यसको प्रभावले तपाईं शुभ र श्रेष्ठ कृत्यसँग सम्बद्ध रहनु हुनेछ । वर्तमान समयमातपाईं अत्यन्त प्रसन्न रहनुहुनेछ र परिवारमा पनि कुनै श्रेष्ठ संस्कार पनि सम्पन्न हुनेछ । आम्दानीका मार्गहरू पनि बढ्ने छन् र उच्च पदमा आसीन सरकारी अधिकारीहरूसँग सम्बन्धमा पनि सुधार आउने छ । आफ्नो योग्यताका कारण विपरीत परिस्थितिलाई पनि राम्ररी सामना गर्नुहुनेछ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । दर्शन र तत्व मीमांसामा विशेष रूचि रहने छ । वर्तमान समयमामस्तिष्क पूर्णरूपेण सक्रिय हुनेछ ।
शुक्रको प्रभाव
शुक्र पहिलो घरमा रहेको छ । यसको प्रभावले तपाईं सुखी र आनन्दपूर्वक रहनुहुनेछ । वातावरणसमेत सुखद हुनेछ । विपरीतलिंगीप्रति झुकाव हुनेछ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाउनु हुनेछ । थोरै मिहिनेत गर्नाले आफ्नो आयस्रोत राम्ररी बढाउन सक्नुहुन्छ । ललितकला, संगीत एवं साहित्यमा रूचि रहने छ । सानातिना रोगले तपाईंलाई अस्वस्थ तुल्याउन सक्छन् । घरपरिवारका सदस्यले काममा सक्दो सहयोग पुर्याउने छन् ।
शनिको प्रभाव
शनि चौथो घरमा रहेको छ । यसको प्रभावले गर्दै नगरेको र थोरै सहभागिता जनाएको कामकारोबारका कारण झूठो आक्षेप ब्यहोर्नु पर्ने हुनसक्छ । पारिवारिक सुखको पनि अभाव हुनेछ । गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता हुनेछ । आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहोस् । लामो र दीर्घ रोगको प्रकोपमा हुनुहुन्छ भने पूर्ण रूपमा परहेजमा बस्नु राम्रो हुनेछ । विरोधीहरूले छवि धमिल्याउने प्रयास गर्नेछन् । झैझगडा र वादविवादमा नफँस्दा उचित हुनेछ । सांसारिक सुखका दृष्टिकोणले पनि यो समय राम्रो छैन यद्यपि धार्मिक र आध्यात्मिक कार्यमा सहभागी हुँदा कुनै राहतको अनुभूति हुनेछ ।
राहुको प्रभाव
यसको प्रभावले तपाईंका कामधन्दा र व्यापारव्यवसायमा सफलता प्राप्त हुनेछ । सामान्यतया धनागम राम्रै हुनेछ उच्चपदस्थ व्यक्तिहरु र राज्यपक्षबाट रोकिएका कामहरु पनि निर्बाध सम्पन्न हुनेछन् । शत्रुपक्ष नियन्त्रणमा नै रहनेछन् । एउटा सुखद यात्रा सम्पन्न गर्नुहुनेछ । पारिवारिक वातावरण पनि अनुकूल रहने छ । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । परोपकार र धार्मिक क्षेत्र सक्रिय हुँदा वर्तमान समयमा धनको वर्षा नै सम्भावना समेत देखिन्छ । सानातिना रोगव्याधिले सताउन सक्छ ।
केतुको प्रभाव
केतु नवौं घरमा रहेको छ । यसको प्रभावले कुनै संस्थानको प्रमुख व्यक्तिसित सम्पक हुनेछ । परोपकार र जनकल्याणको भावना विकसित हुनेछ । कुनै नयाँ सृजनात्मक काम गर्नुहुने छ, जसबाट तपाईले प्रतिष्ठा प्राप्त गर्नुहुनेछ र सम्मानमा अभिबृद्धि हुनेछ । तपाईं अति सम्माननीय व्यक्ति मानिनु हुनेछ । यात्रा महत्वपूर्ण सिद्ध हुनेछ । धर्म र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । पारिवारिक जीवन हर्षाेल्लासपूर्ण हुनेछ । परिवारमा कुनै मांगलिक कृत्य सम्पन्न हुनेछ । यस अवधिको पूर्ण लाभ प्राप्त गर्ने प्रयास गर्दा उचित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सूर्यको प्रभाव
सूर्य पहिलो घरमा रहेको छ । यसको प्रभावले जीवनप्रति दृष्टिकोण धनात्मक रहने छ र तपाईंमा आवश्यकताभन्दा बढी आत्मविश्वास हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त गर्नुहुनेछ अथवा सत्ता प्राप्ति हुन्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायी हुनेछ । सामाजिक संस्थानलाई दिल खोलेर सहयोग गर्नुहुनेछ । स्वास्थ्यस्थितिमा असर पर्नसक्ने सम्भावना छ एवं परिवारमा पनि स्वास्थ्य समस्या देखा पर्न सक्छ ।
चन्द्रको प्रभाव
चन्द्र तेस्रो घरमा रहेको छ । यसको प्रभावले सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको छ ।
मङ्गलको प्रभाव
मङ्गल तेस्रो घरमा रहेको छ । यसको प्रभावले साहसी प्रवृत्ति हुनेछ । यात्राबाट लाभ प्राप्त हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । तपाईंका नातागोता, खासगरी दाजुभाइका कारण खुसी हुने वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध वस्तुको प्राप्तिको सम्भावना पनि छ । विरोधीले सामना गर्न पनि सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्त हुनेछ ।
बुधको प्रभाव
बुध दोस्रो घरमा रहेको छ । यसको प्रभावले आर्थिक रूपले यो उत्तम समय हुनेछ । नाफामूलक कारोबारबाट असाध्यै लाभ हुनेछ । परिस्थिति र योजनालाई राम्ररी बुझ्नु हुने भएकाले अरुअरुलाई कुनै पनि कुरामा सजिलै मनाउन सक्नुहुन्छ । तपाईं असाध्यै प्रसिद्ध हुनुहुनेछ । परिवारका सदस्यहरू तपाईंप्रति धेरै सकारात्मक हुनेछन् । लगानीमा रहेका पुरानो रकम फिर्ता आउने छ वा डुबेको धन फिर्ता आउने छ । वर्तमान समयमा भ्रमणबाट पनि राम्रो लाभ प्राप्त हुनेछ । दार्शनिक र गम्भीर स्वभाव हुनेछ । रहस्य र गूढ विज्ञानमा रूचि बढ्ने छ, हुनसक्छ परामनोवैज्ञानिक अनुभव पनि प्राप्त गर्नुहुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति बाह्रौं घरमा रहेको छ । यसको प्रभावले तपाईंमा कसैप्रति लगाव हुनेछैन र मानिसले तपाईंप्रति वैमनस्यको भाव व्यक्त गर्नेछन् । असुरक्षाको भावनाले ग्रसित हुनुहुनेछ । व्यर्थको काममा समय र पैसा बरबाद गर्नुहुनेछ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्चे धेरै हुनेछ । विरोधीले तनावको सिर्जना गर्नेछन् । जतिसक्दो यात्राबाट जोगिनुहवस् । स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध समस्या उत्पन्न हुनेछन् । परिजनको व्यवहार पनि फरक हुनेछ । विपरीत परिस्थितिलार्ई झेल्ने क्रममा आँफूभित्र प्रतिरोधात्मक शक्ति विकसित तुल्याउनु राम्रो हुन्छ ।
शुक्रको प्रभाव
शुक्र बाह्रौं घरमा रहेको छ । यसको प्रभावले भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाउनु हुनेछ, तथापि आफ्नो भोग वृत्तिमा अंकुश लगाउँदा राम्रो हुनेछ नत्र आनन्द प्राप्त र्गाुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । सानातिना रोगव्याधिको प्रकोप सहनु पर्ने हुन सक्छ । दाम्पत्य र प्रणय सम्बन्धमा निरसता अपनाउनु राम्रो हुनेछ । विरोधी र प्रतिद्वन्दीले हानि पुर्याउने प्रयास गर्नेछन् । यद्यपि तिनको वास्ता गर्नुहुन्न, तापनि तिनीहरूप्रति सचेत हुनु राम्रो हुनेछ । आर्थिक रूपले यो समय नराम्रो छैन तर खर्चमा नियन्त्रण गर्नु अझ राम्रो हो । परिवार जनको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनु पर्नेछ ।
शनिको प्रभाव
शनि तेस्रो घरमा रहेको छ । यसको प्रभावले प्रत्येक कामलाई तन्मय भएर ध्यानपूर्वक गर्ने रहर जागेर आउँछ । आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र व्यापारव्यवसायमा उत्साहवर्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । पारिवारिक वातावरण अति नै सौहार्दपूर्ण रहनेछ । संचार माध्यमबाट कुनै शुभ समाचार सुन्न पाउनु हुनेछ ।
राहुको प्रभाव
यसको प्रभावले समुचित निर्णय लिन नसक्दा क्षमता र योग्यतामा नराम्रो प्रभाव पर्नसक्छ । तपाईंभित्र अन्धविश्वास र भ्रमले डेरा जमाउने बेला हो, यो । महत्त्वाकांक्षा र असम्भव आशा जाग्नाले निराश हुन सक्नुहुन्छ । जुवातास, लटरी, चिट्ठा र सट्टेबाजीमा धनलगानी गर्नुभयो भने पछुतो हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हट्नु नै बेस हुनेछ, त्यस्तै कसैको साक्षी वा जमानी पनि नबस्नु राम्रो हुनेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । खानपान र आहारविहारमा नियन्त्रण नहुनाले पेटमा विकार आउन सक्छ ।
केतुको प्रभाव
केतु आठौं घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमाअचानक लाभप्राप्त हुने सम्भावना छ । अचल सम्पत्ति समेत प्राप्त हुनसक्छ । मन धार्मिक क्रियाकलापतर्फ आकर्षित हुनेछ । कुनै अतीन्द्रिय अनुभव पनि प्राप्त हुनसक्छ । पारिवारिक वातावरण सौहार्दपूर्ण हुनेछ । अचानक गरिएको यात्राबाट सफलता प्राप्त हुनेछ । प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । सानातिना बिमारी र चोटपटकको सम्भावना छ । कुनै तीर्थाटनको योजनामा सफलता पाउने सम्भावना छ । समग्रमा यो समय सुखसुविधाका लागि महत्त्वपूर्ण रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सूर्यको प्रभाव
सूर्य बाह्रौं घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमा क्षणिक आवेग र उन्मादमा कुनै काम वा निर्णय नगरेको नै बेस हुनेछ । निर्णयमा पुग्नु हघि राम्ररी सोचविचार गर्नुहोला । गलत निर्णयका कारण अकल्पनीय हानि ब्यहोर्नु पर्छ । अनावशयक खर्चको मात्रा बढ्ने छ । व्यवसायसँग सम्बद्ध कुनै नराम्रो खबर प्राप्त हुन सक्छ । ठूलो मात्रामा हानि पुग्ने सम्भावना छ, सचेत रहनु होला । व्यक्तिगत स्वास्थ्यप्रति सचेत रहनुहोला । नातागोताका सदस्यहरू र मित्रवर्गसँग सुसुमधुर सम्बन्ध कायम राख्नु होला अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु होला अन्यथा आर्थिक हानि आइलाग्न सक्छ ।
चन्द्रको प्रभाव
चन्द्र दोस्रो घरमा रहेको छ । यसको प्रभावले आज तपाईं अत्यन्त प्रसन्न रहनु हुनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै अनुकूल हुने सङ्केत छ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
मङ्गलको प्रभाव
मङ्गल दोस्रो घरमा रहेको छ । यसको प्रभावले आर्थिक लाभका दृष्टिकोणले यो समय राम्रो होइन । घरपरिवारकै सदस्यका कारण तनाव उत्पन्न हुन सक्छ । ससाना कुरा र विषयका कारण पनि झैझगडा हुन सक्छ । मुखलाई नियन्त्रण गर्नुहोस् नत्र अप्ठ्यारामा पर्न सक्नुहुन्छ । अवाञ्छित व्यक्तिहरूमा निर्भर रहनु पर्ने हुन्छ । व्यापारमा घाटा भएर अथवा चोरी हुनाले आर्थिक हानि हुने सम्भावना छ । स्वास्थ्यप्रति सचेत हुनुहोस् ।
बुधको प्रभाव
बुध पहिलो घरमा रहेको छ । यसको प्रभावले अत्यन्त सुखभोग गर्न पाउनु गर्नु हुनेछ । आफूप्रतिभा योग्यता र निपुणताको बलमा राम्रो परिणाम प्राप्त हुनेछ । महत्वपूर्ण विद्वानहरू सम्पर्कमा रहनेछन् । तपाईंलाई सम्मान प्राप्त हुनेछ र ख्याति बढ्ने छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । आफ्ना महत्वाकांक्षाहरू प्राप्त गर्न कडा प्रयास गर्नुहुनेछ । साधारणतया तपाईं सफल व्यक्ति मानिनु हुन्छ । यद्यपि कामको बोझ धेरै नै हुन्छ, तर स्वास्थ्य अनुकूल रहने छ ।
बृहस्पतिको प्रभाव
बृहस्पति एघारौं घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमाउत्साह पूर्ण हुनेछ । यो समय अति नै राम्ररी बित्नेछ । विदेशियों अथवा दूरदराजमा रहेको स्थानमा रहने वाले व्यक्तिहरूसित संबंिधत सौमनस्यपूर्ण रहने छन् । नयाँ उद्यमोंको साथ सम्बद्ध रहने छन् । भाई बहन पनि खुसीको वातावरण बन्नेछ । यदि कुनै प्रतिस्पर्धात्मक परीक्षामा भाग ले रहें हैं भने अवश्य सफलता आर्जन गर्नु हुनेछ । वर्तमान समयमासमाधि आदिमा दिलचस्पी व्यक्त गर्नेछन् । स्पष्ट रूपले वृत्ति दार्शनिक रहने छ ।
शुक्रको प्रभाव
शुक्र एघारौं घरमा रहेको छ । यसको प्रभावले प्रत्येक प्रयासमा सफलता प्राप्त गर्नु हुनेछ । मित्र र सहयोगीले तपाईंलाई पूर्ण सहयोग प्रदान गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्णता हुनेछ । दाजुभाइ र दिदीबहिनीले समेत आआफ्नो कार्यक्षेत्र मा राम्ररी काम गर्नेछन् । यात्राबाट लाभ हुनेछ । उच्चकोटिको पारिवारिक सुख प्राप्त हुनेछ । परिवारमा सदस्यको सङ्ख्यामा बढोत्तरी हुने सम्भावना पनि छ । सहयोगी हातहरू बढ्नेछन् र मित्रशक्तिबाट राम्रो लाभ हुनेछ । खर्च धेरै हुनेछ तर आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् ।
शनिको प्रभाव
शनि दोस्रो घरमा रहेको छ । यसको प्रभावले कुनै आर्थिक कठिनाइको सामना गर्नुपर्ने हुन्छ । आम्दानीका मार्गहरू पनि ठीक रहने छैन । परिवारका सदस्यका आकाङ्क्षा पूरा हुन सक्दैनन् । आफन्तहरूसित सम्बन्ध बिग्रन्छ । दैनिकी सञ्चालनका क्रममा सावधान हुनु आवश्यक छ । नयाँ व्यवसाय र उद्योग धन्धामा सम्बद्ध नहुनु बेस हुनेछ र महत्वपूर्ण कागतपत्रमा राम्ररी नपढी हस्ताक्षर नगर्नुहोस् । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अंकुश लाउनुस् । भातापिता र अभिभावकवर्गको स्वास्थ्य समेत राम्रो हुनेछैन ।
राहुको प्रभाव
यसको प्रभावले गरेका प्रयासमा असफलता भइदिनाले मानसिक तनाव बढ्न सक्छ । अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत वा मातापितासँग सम्बन्ध बिग्रिन सक्छ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछैन । यात्रा कष्टकारक हुनेछ । अवाञ्छित मार्गलाई अवलम्बन गरी धनार्जन गर्ने प्रयत्न नगर्नु नै राम्रो हो । नोकरी वा व्यवसाय पनि संतोषकारक हुँदैन । साथीभाइ र सहयोगीहरु टाढिन सक्छन् । स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ । आफूले गर्ने प्रत्येक काम सावधान भई गर्ने बानी बसाल्नुहवस् । दुर्घटना हुने सम्भावनासमेत छ । विपरीत परिस्थितिलार्ई विवेकपूर्वक निराकरण गर्ने सोचको विकास गर्नु राम्रो हुनेछ ।
केतुको प्रभाव
केतु सातौं घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमामिश्रित परिणमहरू प्राप्त गर्नु हुनेछ । भाग्यबल बढ्नेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुनेछ । प्रणय र प्रेमका लागि यो समय राम्रो होइन । प्रणयसम्बन्धमा तनावको सिर्जना हुनेछ, दाम्पत्य जीवनमा झैझगडा र विवाद हुने पूर्ण सम्भावना छ । खर्च पनि अचानक बढ्ने सम्भावना छ । भ्रमणबाट कुनै विशेष किसिमको लाभ प्राप्त हुने छैन । जोखिमयुक्त काममा फँस्ने सम्भावनासमेत छ । वर्तमान समय जोखिम मोल्ने उपयुक्त समय होइन । सानातिना रोगले पनि सताउन सक्छ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सूर्यको प्रभाव
सूर्य एघारौं घरमा रहेको छ । यसको प्रभावले तपाईंका इच्छा र आकांक्षाहरू पूर्ण हुनेछन् । नातागोताका सदस्यहरू र मित्रवर्गबाट सहायता प्राप्त हुनेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफलतम सिद्ध हुनेछन् । करार र सम्झौताबाट अत्यधिक लाभ प्राप्त गर्नुहुनेछ । प्रेम र प्रणय सम्बन्धका निमित्त समेत यो एउटा श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ । लामो यात्रा सुखद एवं सफलतम सिद्ध हुनेछ ।
चन्द्रको प्रभाव
चन्द्र पहिलो घरमा रहेको छ । यसको प्रभावले आज मन उत्ताउलो बन्न सक्छ, त्यसैले क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु बेस हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट खासै फाइदा लिन सकिने छैन । आज ऋणसापटीमा गएको धन फिर्ता नआउनसक्छ । कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।
मङ्गलको प्रभाव
मङ्गल पहिलो घरमा रहेको छ । यसको प्रभावले मिश्रित परिणमहरू प्राप्त हुनेछ । इच्छाविपरीत परिणाम आउनसक्छ, त्यसैले फलप्राप्ति प्रति धेरै उत्साह देखाउने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । सानातिना रोगव्याधिको भय छ र हलुका दुर्घटना हुने सम्भावना पनि छ । जोखिमपूर्ण र जुवाजन्य कामका लागि यो समय श्रेयस्कर हुँदैन । पारिवारिक झमेलाले गर्दा मानसिक तनाव हुन सक्छ ।
बुधको प्रभाव
बुध बाह्रौं घरमा रहेको छ । यसको प्रभावले यो अवधि तपाईंलाई मानसिक तनाव र चिन्ता प्रदान गर्ने समय हो । विरोधीले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछन् । खर्चको मात्रा बढने छ । सोच्दै नसोचेको क्षेत्रमा अचानक हानि हुने सम्भावना पनि छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ । सरकार विरोधी र असामाजिक र हानिकारक कार्यमा समेत संलग्नता हुनसक्छ । पारिवारिक वातावरण सौमनस्यपूर्ण हुनेछैन । मन अध्यात्मतर्फ आकर्षित हुनेछ । समस्या र कठिनाइलाई प्रतिरोध गर्नेकोशिश गर्नुहोस् । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुहोस् र सबै किसिमका जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु होला ।
बृहस्पतिको प्रभाव
बृहस्पति दसौं घरमा रहेको छ । यसको प्रभावले व्यापार, नोकरी वा कारोबारमा धेरै राम्रो काम गर्नुहुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । वरिष्ठ व्यक्तित्व एवं शक्तिशाली व्यक्तिबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा धेरै घुमफिर गर्नुहुनेछ । शत्रुको प्रतिष्ठालाई हानि पुर्याउने प्रयत्न गर्नुहुनेछ तर त्यसमा सफल हुनुहुन्न । पारिवारिक जीवन सुखद हुनेछ ।
शुक्रको प्रभाव
शुक्र दसौं घरमा रहेको छ । यसको प्रभावले आफ्नो कार्य क्षेत्रमा महत्वपूर्ण सफलता प्राप्त हुनेछ । प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुृहुनेछ । व्यापारिक साझेदार, सहयोगी वा व्यवसायिक व्यक्तित्व र ग्राहकहरूसँगको सम्बन्ध दिनप्रतिदिन सुध्रने सङ्केत छ । समयका साथै संग्रह र वचत गर्न थाल्नु हुनेछ । विलासिताका सामाग्री खरिद गर्दा धनव्ययको सम्भावना छ । घरपरिवारका सदस्यको व्यवहार अतीव अनुकूल रहने छ । व्यापारिक लाभका लागि यात्राको सम्भावना पनि छ ।
शनिको प्रभाव
शनि पहिलो घरमा रहेको छ । यसको प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुन सक्छ । । कामको बोझ बढ्ने छ । व्यर्थको काममा पनि फँस्ने सम्भावना समेत छ । स्वास्थ्य पनि ठीक हुनेछैन । पारिवारिक जीवन सुखद हुनेछैन । नातागोताको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित हुनुपर्ने छ । साझेदार वा सहयोगीको लापरवाहीका कारण तपाईंलाई हानि पुग्नसक्छ । हुन त यस अवधिको अन्त्यतिर तपाईंलाई राहत प्राप्त हुनेछ । आशावादी हुनु निराशावादी हुनुभन्दा सदैव राम्रो हुन्छ ।
राहुको प्रभाव
यसको प्रभावले तपाईंभित्र लुकेको आन्तरिक ऊर्जाका माध्यम जस्तै काम पनि राम्ररी सम्पन्न गर्ने क्षमता राख्नुहुन्छ । उद्देश्य उपलब्धीमूलक हुनेछ । तपाईंभित्र रहेको दृढ़ इच्छा शक्तिका कारण विपरीत परिस्थितिमा पनि विवेक गुमाउनु हुन्न र समुचित काम गर्नुहुनेछ । सामाजिक सम्बन्धमा विस्तार हुनेछ र प्रतिष्ठामा पनि अभिबृद्धि हुनेछ । दाजुभाइ र दिदीबहिनीसँगको सम्बन्धमा सुधार आउने छ । संचार माध्यमबाट उत्साहमा प्रेरणा प्राप्त हुने समाचार सुन्न पाउनु हुनेछ । व्यापार र लेनदेनको कारोबारबाट राम्रै फाइदा पाउनु हुने छ । तपाईं कतै जागिरमा हुनुहुन्छ भने अब छिटै बढुवा हुने वा प्रशंसा र पुरस्कार पाउने सङ्केत छ ।
केतुको प्रभाव
केतु छैठौं घरमा रहेको छ । यसको प्रभावले व्यापारव्यवसायका क्षेत्रमा वर्तमान समयमाराम्रा काम सम्पन्न हुनेछन् र कुनै नोकरीमा आबद्ध हुनुहुन्छ भने पेसागत उन्नति हुनेछ, जसबाट प्रतिष्ठा बढ्ने छ । वर्तमान समयमाचौतर्फी समुन्नतिको लक्षण छ । घरपरिवारको सदस्यको व्यवहार अति नै अनुकूल हुने छ । प्रतिस्पर्धा, खेल र तर्क एवं विवादमा सफलता आर्जन गर्नु हुनेछ । शत्रुले सामना गर्ने साहस गर्नेछैनन् । आकस्मिक यात्राबाट सौभाग्य बढ्ने सम्भावना छ । स्वास्थ्य अनुकूल रहने छ । यो श्रेय बढाउने महत्त्वपूर्ण समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सूर्यको प्रभाव
सूर्य दसौं घरमा रहेको छ । यसको प्रभावले तपाईं असाध्यै क्रियाशील र व्यस्त रहनु हुनेछ । व्यापार र नोकरीका माध्यमबाट लाभप्राप्त गर्नु हुनेछ । मातापिता र वरिष्ठ अधिकारीको कृपा र आशीर्वाद प्राप्त हुनेछ । यो समय कर्मक्षेत्रको परीक्षणको समय हो । व्यवसायिक क्षेत्रको फलदायी यात्रा सम्पन्न हुनेछ । सबै पक्षबाट यस समयलाई सन्तोषजनक समयका रुपमा लिन सकिन्छ । समस्त आर्थिक समस्याहरु हल गर्नुहुने छ ।
चन्द्रको प्रभाव
चन्द्र बाह्रौं घरमा रहेको छ । यसको प्रभावले मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ ।
मङ्गलको प्रभाव
मङ्गल बाह्रौं घरमा रहेको छ । यसको प्रभावले कतिपय प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नुपर्नेछ । केही समस्याहरू स्वाभिमान र घमण्डका कारण पनि सिर्जना हुनेछ । आफ्ना घमण्डका कारण परिस्थितिलाई अझ जटिल बनाउनु हुनेछ । स्वास्थ्यका कारण पनि तनावग्रस्त रहनु हुनेछ । खर्च बढीरहन्छ । यद्यपि जीवनसाथीको स्वास्थ्यमा भने सुधारको लक्षण देखिने छ, तरपनि पूर्ण सुधार हुन अझ समय लाग्नेछ । वर्तमान समयमा मानसिक उल्झन र समस्या भोग्नु पर्ने अवस्था छ ।
बुधको प्रभाव
बुध एघारौं घरमा रहेको छ । यसको प्रभावले लामो दूरीको यात्रा गर्ने पूर्ण सम्भावना छ । मित्र र सहयोगीहरूले सहायता गर्नेछन् । आफ्नो व्यवसाय वा व्यापारलाई बढाउने र चम्काउने कतिपय अवसर प्राप्त हुनेछन् । इच्छा र महत्वाकांक्षा पूर्ण हुनेछन् । दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । प्रणय सम्बन्धका निमित्त समेत यो समय राम्रो छ । यस समयको पूर्णरूपले सदुपयोग गर्नुहोस् । वर्तमान समयमाकतिपय प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति नवौं घरमा रहेको छ । यसको प्रभावले यस वर्षको यो अवधि तपाईंका लागि सर्वश्रेष्ठ सिद्ध हुनेछ । अत्यधिक सफलता र सम्मान प्राप्त गर्नु हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्न सक्नुहुन्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । तपाईंभित्र आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग प्राप्त हुनेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनेछ ।
शुक्रको प्रभाव
शुक्र नवौं घरमा रहेको छ । यसको प्रभावले उच्च पदस्थ व्यक्तिहरूबाट सम्मान प्राप्त गर्नुहुनेछ र तिनको सहयोग र कृपा प्राप्त समेत प्राप्त गर्नुहुनेछ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुने छ । वर्तमान समयमासुदूर र दुर्गम प्रदेशको यात्रा गर्नु हुनेछ । पारिवारिक जीवन तपाईंका लागि सुखद र अनुकूल हुनेछ । तपाईंलेको थोरै मात्र प्रयास गरेर पनि तपाईंका आम्दानीका मार्गहरू बढ्ने छन् । वर्तमान समयमाविपरीत परिस्थितिको सही ढंगले निवारण गर्ने क्षमताको विकास हुनेछ । यदि पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात पार्न सक्नु हुनेछ । मस्तिष्क धार्मिक क्रियाकलाप र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । प्रत्येक दृष्टिबाट यो समय राम्रो छ ।
शनिको प्रभाव
शनि बाह्रौं घरमा रहेको छ । यसको प्रभावले जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई अति नै कमजोर भएको अनुभूति गर्नुहुनेछ । व्यर्थको काममा आफ्नो ऊर्जा नाश गर्नुहुनेछ । धन हानि हुनेछ । परिजनको अस्वस्थताले तपाईं मानसिक रुपले अशान्त रहनुहुनेछ । खर्चको मात्रा बढ्ने छ । नचिताएको ठाउँमा बसोबास गर्नुपर्ने हुन्छ । तर यस समयमा इन्द्रियातीत अनुभव प्राप्त गर्नका निमित्त नराम्रो समय होइन । धार्मिक क्रियाकलापमा संलग्न हुँदा अझ राम्रो हुन्छ । सांसारिक दृष्टिकोणले यो श्रेष्ठ समय होइन ।
राहुको प्रभाव
यसको प्रभावले दैनिकी सञ्चालनका क्रममा धनसंग्रहमा कठिनाइ हुनेछ । नयाँ व्यवसाय वा उद्योगधन्दामा लगानी गर्दा राम्रो विचार पुर्याउनुहवस् । घरायसी वातावरण पनि तनावपूर्ण रहनेछ । परिवारका सदस्यहरुसँग मतभेद हुनसक्छ । यद्यपि आँखामा समस्या आएर रोगी बन्न सक्नुहुन्छ, तर सामान्यतया स्वास्थ्य ठीकै हुनेछ । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । घरव्यवहारमा असुरक्षाको भावना विकसित हुनसक्छ ।
केतुको प्रभाव
केतु पाँचौं घरमा रहेको छ । यसको प्रभावले धेरैजनासँग मिलेर काम गर्ने प्रयास गर्नुहुनेछ तर समुचित परिणाम प्राप्त गर्न कठिनाइ हुनेछ । शीघ्रता र हतार गर्दा कुनै काम सफल हुँदैनन् । परिवारका सदस्यहरुको अस्वस्थताले पनि तपाईंलाई चिन्तित तुल्याउन सक्छ । समग्रमा पारिवारिक वातावरण तनावग्रस्त हुनेछ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अंकुश लगाउनु बेस हुनेछ । शत्रुले साख बिगार्ने प्रयास गर्नेछन्, त्यसैले सचेत रहनुहवस् र जतिसक्दो यात्राबाट जोगिनुहवस् । पेटको रोगले समेत तपाईंलाई सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सूर्यको प्रभाव
सूर्य नवौं घरमा रहेको छ । यसको प्रभावले मिश्रित परिणामहरू प्राप्त हुनेछ । लामो यात्रा सफल हुने छैनन् । तर उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुनेछ र तिनीहरूको सल्लाह र सद्भाव प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रको भ्रमण गर्नुहुनेछ । विश्वासको वातावरण बन्नेछ र व्यसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन गर्नुहुनेछ । धनार्जनका दृष्टिले पनि यो समय राम्रो छ ।
चन्द्रको प्रभाव
चन्द्र एघारौं घरमा रहेको छ । यसको प्रभावले आज चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । आज विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । कुनै रोकिएको काममा ध्यान दिनु भएमा सफल हुनेछ । साथीभाइसित भेटघाट हुने योगसमेत छ ।
मङ्गलको प्रभाव
मङ्गल एघारौं घरमा रहेको छ । यसको प्रभावले मित्र र सहयोगीहरूबाट लाभ प्राप्त गर्नुहुनेछ । बहुप्रतीक्षित इच्छा र आंकाक्षाहरूले पूर्णता पाउने छन् र लामो दूरीको यात्राबाट लाभ प्राप्त हुनेछ । आय आर्जनका मार्गमा असाध्यै बढोत्तरी हुनेछ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । पारिवारिक वातावरण सुखद हुनेछ ।
बुधको प्रभाव
बुध दसौं घरमा रहेको छ । यसको प्रभावले व्यापार अथवा व्यवसाय वा पेसामा धेरै राम्रो प्रगति गर्नुहुनेछ । व्यापारको विस्तारसमेत हुनसक्छ । तपाईं पूर्णरूपेण कर्मठ रहनु हुनेछ । वरिष्ठ व्यक्तित्व वा सत्तावान् व्यक्तिका साथमा सम्बन्धमा सुधार आउने छ । पारिवारिक वातावरण संतोषप्रद हुनेछ । वाहनको सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ । विदेशबाट राम्रो लाभ प्राप्त गर्न सक्नुहुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति आठौं घरमा रहेको छ । यसको प्रभावले मानसिक चिन्ताका कारण कष्ट हुनेछ । शारीरिक रोगले पनि सताउन सक्छ । मस्तिष्कलाई आराम हुनेछैन । घरपरिवारका सदस्यको व्यवहार पनि फरक हुनेछ । तर गूढविज्ञान, रहस्यवाद र परामनोविज्ञान विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । अचानक धन लाभ हुने सम्भावना पनि छ । नयाँ ठाउँमा लगानी गर्ने प्रयत्न नगर्दा राम्रो हुन्छ, किनभने मनले इच्छाए झैं परिणाम प्राप्त हुनेछैन । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् । सधैं असुरक्षाको भावना विद्यमान रहने छ ।
शुक्रको प्रभाव
शुक्र आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छैन । अचानक धनलाभ हुने सम्भावना छ । तर खर्चको मात्रामा पनि बृद्धि हुनेछ । गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अंकुश लाउनु भएन भने अति लज्जास्पद स्थितिको सामना गर्नुपर्ने स्थिति आउने सम्भावना पनि छ, यद्यपि परिवारका सदस्यको पूर्ण सहयोग प्राप्त हुनेछ । हुन त परिजनसँग कहिलेकाँही मतभेद पनि हुन सक्छ । यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नुहवस् ।
शनिको प्रभाव
शनि एघारौं घरमा रहेको छ । यसको प्रभावले तपाईंका समस्त इच्छा र महत्वाकांक्षाहरू पूर्ण हुनेछन् । नयाँ काम र उद्यम सुरु गर्नुहुनेछ । मित्रवर्ग र हितैषीबाट राम्रो असाध्यै सहयोग प्राप्त हुनेछ । व्यापारका माध्यमबाट राम्रो लाभ पाउनु हुनेछ । निकटतम नातेदारका बारेमा कुनै राम्रो खबर प्राप्त हुन सक्छ । टाढा बसेका व्यक्तिहरुसित राम्रो सम्बन्ध कायम हुनेछ । भ्रमण उपयोगी हुनेछ । प्रणय सम्बन्धका लागि पनि यो समय राम्रो छ । परिवारका सदस्यहरुको व्यवहार तपाईंप्रति अनुकूल रहने छ ।
राहुको प्रभाव
यसको प्रभावले वर्तमान समयमातपाईंमा चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । तपाईंलाई अनावश्यक डरले सताउन सक्छ । तपाईंका आफन्तले मानिसले बारम्बार धोका दिनसक्छन् । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ प्राप्त हुनेछैन । विपरीतलिङ्गीसँगको सम्बन्ध राम्रो हुनेछैन । शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नुहोस् । गुप्त रोगले सताउन सक्छ ।
केतुको प्रभाव
केतु चौथो घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमातपाईंमा वैचारिक अस्थिरता आउने छ । सामान्यतया प्रसन्नता प्राप्त गर्न कठिनाइ हुनेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछैन । ससाना कुरा र विषयका कारण झैझगडां र विवाद हुनसक्छ । व्यापारव्यवसायमा पनि मन्दी रहनेछ । तपाईं यदि कुनै पेसामा आबद्ध हुनुहुन्छ भने पेसागत र व्यवसायिक परिस्थति संतोषजनक रहनुहुन्न । यस समयमा एकातिर आफैंलाई रोगव्याधिले सताउन सक्छ भने अर्कोतिर परिवारका सदस्यहरुको अस्वस्थताले पनि तपाईंलाई सताउन सक्छ । यद्यपि मन धार्मिक क्रियाकलापतर्फ प्रेरित हुनेछ र पवित्र स्थलको यात्रा गर्नु हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सूर्यको प्रभाव
सूर्य आठौं घरमा रहेको छ । यसको प्रभावले अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशंका छ । खराब र अनैतिक मानिने कामभन्द टाढा रहनु कल्याणकारी हुनेछ र शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ । महत्वपूर्णकोगतपत्रमा हस्ताक्षर गर्नुभन्दा पहिले राम्ररी पढ्नु होला ।
चन्द्रको प्रभाव
चन्द्र दसौं घरमा रहेको छ । यसको प्रभावले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ ।
मङ्गलको प्रभाव
मङ्गल दसौं घरमा रहेको छ । यसको प्रभावले तपाईंलाई लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारद्वारा फाइदा हुनेछ । उच्च पदस्थ र महत्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट तपाईं लाभान्वित हुनुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको पनि शीघ्र विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले तपाईंमा अत्यधिक आत्मविश्वास बढ्नेछ । शत्रुले तपाईंलाई हानि पुर्याउन सक्दैनन् ।
बुधको प्रभाव
बुध नवौं घरमा रहेको छ । यसको प्रभावले प्रभावशाली वाणि हुनाले वर्तमान समयमाजनसमुदायमा आफ्नो वर्चस्व कायम गर्नुहुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । आफ्नो बुद्धिमत्तालाई उपयोग गरी अत्यधिक लाभ प्राप्त गर्नु हुनेछ । आफ्नो व्यवसाय वा पेसामा राम्रो उपलब्धी हासिल गर्नु हुनेछ । यात्राबाट निश्चितरूपमा लाभ प्राप्त गर्नुहुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति सातौं घरमा रहेको छ । यसको प्रभावले दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाउनु हुनेछ । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुने राम्रो सम्भावना छ । बहुप्रतीक्षित यात्रा सम्पन्न हुनेछ । पारिवारिक वातावरण पनि सौमनस्यपूर्ण हुनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । तपाईं निडर हुनु हुनेछ र शत्रुगणले सामु पर्ने हिम्मत गर्दैनन् । दर्शन एवं साहित्यमा रूचि बढ्ने छ । विद्वानसित सम्पर्क बढ्ने छ । तपाईं अत्यधिक सम्मान प्राप्त गर्नु हुनेछ र प्रख्यात हुनु हुनेछ ।
शुक्रको प्रभाव
शुक्र सातौं घरमा रहेको छ । यसको प्रभावले व्यवहार सौजन्यपूर्ण रहने छ र तपाईं मानसिक तनावबाट जोगिनु पर्छ । एउटा आनन्दप्रद यात्रा हुने प्रबल सम्भावना छ । विपरीत लिङ्गीले पनि सहयोग गर्नेछन् । संगीत एवं अन्य ललित कला र सुगन्ध र सौन्दर्यपूर्ण वस्तुहरूप्रति झुकाव बढ्ने छ । आफ्नो व्यवसाय र व्यापारमा राम्रो प्रगति हुनेछ । आफूले गरेको प्रयासका कारण आम्दानीका मार्गमा सहजता आउने छ । पारिवारिक जीवन सुखद हुनेछ । सानातिना रोगव्याधिको प्रकोप भने सहनु पर्नेछ । तपाईंमा मिलनसार स्वभावको विकास हुनेछ र कतिपय प्रतिष्ठित व्यक्तित्वको सम्पर्कमा रहनु हुनेछ ।
शनिको प्रभाव
शनि दसौं घरमा रहेको छ । यसको प्रभावले आफ्नो मनले इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । हुन त ठोस परिणाम हात पर्दैन तर काम ढिलो सम्पन्न हुनेछ । पेसा वा व्यवसायसँग सम्बद्ध परिवर्तन गर्नखोज्नु हानिकारक हुन्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । नजिकको साथीको स्वास्थ्यले तपाईंलाई मानसिक रूपले चिन्तित तुल्याउन सक्छ । व्यापारव्यवसाय र नोकरीका सिलसिलामा गरिएका यात्राहरू लाभकारी सिद्ध हुनेछन् । जग्गाजमिनको किनबेच गर्ने प्रक्रियालाई स्थगित राख्नु बेस हुनेछ ।
राहुको प्रभाव
यसको प्रभावले बसाइँ सर्ने वा सरुवा हुने योग निवास स्थान अथवा नोकरीको परिवर्तन संभावित हो । भारी व्ययले व्यथित रहने छछ । आफन्तहरूसित नै झैझगडा र विवाद हुनसक्छ । यात्राबाट लाभ हुने सम्भावना छैन र शारीरिक थकान बढ्ने सम्भावना छ । घरपरिवारका सदस्य तपाईंप्रति उदासीन रहने छन् । शत्रुले हानि पुर्याउने प्रयत्न गर्नेछन् । दुष्ट मित्रदेखि सावधान रहनु होला, किनभने उसले प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछ । घरपरिवारको कुनै सदस्यको खराब स्वास्थ्य चिन्ताको कारण बन्न सक्छ । वर्तमान समयमा कुनै यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ ।
केतुको प्रभाव
केतु तेस्रो घरमा रहेको छ । यसको प्रभावले बुद्धि र विवेकको प्रयोग गर्न सक्नुहुन्न । हुन त वर्तमान समयमा तपाईं आशावादी नै रहनु हुनेछ । सञ्चारमाध्यममार्फत प्राप्त समाचारले लाभान्वित हुनुहुनेछ । अचानक तय गरिएको यात्राबाट राम्रो परिणाम हात पर्नेछ । आय आर्जनका मार्गमा अभिबृद्धि हुनेछ । पारिवारिक जीवनयापनमा राहतको अनुभूति हुनेछ । बढुवा हुने प्रक्रियामा हुनुहुन्छ भने परिणाम पक्षमा प्राप्त हुनेछ । नयाँनयाँ मित्रहरु बनाउनु हुनेछ । मनमस्तिष्क अध्यात्मप्रति प्रेरित हुनेछ । वास्तवमा यो तपाईंका लागि एउटा सौभाग्यशाली समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सूर्यको प्रभाव
सूर्य सातौं घरमा रहेको छ । यसको प्रभावले यो एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति नहोला । कडा मिहिनेत गर्दा समेत राम्रो परिणाम हात पार्न सक्नुहुन्न । व्यवसायिक अथवा व्यापारिक क्षेत्रमा रहेका नजिकैका साथीभाइले नोक्सान पुर्याउने छन् र त्यसबाट समस्या भोग्नुपर्छ । पारिवारिक वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ अन्यथा अप्रिय घटना भोग्ने स्थिति आइलाग्ने छ । तपाईं स्वयं मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ ।
चन्द्रको प्रभाव
चन्द्र नवौं घरमा रहेको छ । यसको प्रभावले आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ ।
मङ्गलको प्रभाव
मङ्गल नवौं घरमा रहेको छ । यसको प्रभावले घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन प्राप्त हुनेछ । दूरदराज वा दुर्गम स्थानसम्म गरिएको यात्रा सफलतम सिद्ध हुनेछ । आम्दानीका मार्गहरू बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्ने छ, तर आम्दानीका मार्गहरूभन्दा धेरै होइन । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना पनि छ । यस समयको भरपूर सदुपयोग गर्नुहोस् ।
बुधको प्रभाव
बुध आठौं घरमा रहेको छ । यसको प्रभावले प्रयास गर्दागर्दै असफलता पाउनाले निराश हुनु पर्नेछ । धेरै मिहिनेत गर्नुपर्छ किनभने कार्यक्षेत्र मा असाध्यै बोझ बढ्ने छ । ससाना कुराका कारण विवाद बढ्ने सम्भावना छ । महत्वहीन र बेकारका काममा आफ्नो शक्ति र समय खर्च गर्नुहुनेछ । छिटो धन कमाउने आफ्नो प्रवृत्तिमा अंकुश लगाउनु बेस हुनेछ । स्वास्थ्य ठीक नहुनाले कुनै पनि काम पूर्ण गर्न सक्नुहुन्न । पारिवारिक जीवन तनावग्रस्त रहने छ । हुन त गूढ एवं परामनोवैज्ञानिक अनुभवहरू प्राप्त गर्नु हुनेछ । अनावश्यक यात्राबाट जोगिनुहवस् ।
बृहस्पतिको प्रभाव
बृहस्पति छैठौं घरमा रहेको छ । यसको प्रभावले थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । पेसागत र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । स्वास्थ्य सम्बन्धी विविध समस्याले दिक्क लगाउने छ । परिजनसितको सम्बन्ध पनि राम्रो हुनेछैन । विरोधीहरू बलिया हुनेछन् । अनावश्यक यात्राबाट जोगिनुहवस् । त्यसो त मुद्दामामिला र अड्डाअदालतको कामका लागि यो समय राम्रो छ । जीवनी शक्ति र स्फूर्तिमा कमीको अनुभूति हुनाले झैझगडा र झंझटबाट टाढा रहने प्रयत्न गर्नुहोस् ।
शुक्रको प्रभाव
शुक्र छैठौं घरमा रहेको छ । यसको प्रभावले वासनाजन्य विचारले तपाईंलाई दुःखित तुल्याउने मात्र होइन, यसले अपमानित पनि बनाउन सक्छ । स्वास्थ्य सम्बन्धी समस्याका कारण दिनचर्र्यामा पनि अवरोध आउने छ । यद्यपि पेसागत र व्यवसायिक परिस्थति ठिकै रहने छ । कामको बोझ बढेको अनुभूति हुनेछ । विपरीत लिङ्गीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन । विरोधीहरू प्रबल हुनेछन् । विपरीत परिस्थिति आएमा प्रतिरोधात्मक शक्तिलाई विकासित तुल्याउने प्रयास गर्नु राम्रो हुनेछ । खर्चको मात्रामा अचानक बृद्धि हुने सम्भावना पनि छ ।
शनिको प्रभाव
शनि नवौं घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमातपाईं असाध्यै प्रसन्न हुने सङ्केत छ । तपाईंबाट भएका प्रयासको राम्रो परिणाम आउन प्रारम्भ हुनेछ । सरकारी अधिकारीहरू, वरिष्ठ व्यक्तित्व एवं मातापितासँगको सम्बन्धमा सुमधुर सम्बन्ध कायम हुनेछ । एउटा लामो यात्राबाट राम्रो लाभ प्राप्त गर्नुहुनेछ । तपाईंका मित्र र सहयोगीले तपाईंलाई पूर्णरूपेण सहायता गनेछन् । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । नयाँ किसिमले व्यापार गर्नुहुने अथवा रोजगारीको प्रकृतिमा बदलाव हुने सङ्केत छ । विरोधीबाट कुनै भय हुँदैन । सानातिना रोगले भने सताउन सक्छ ।
राहुको प्रभाव
यसको प्रभावले तपाईं महत्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा रहनु हुनेछ । आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय रूपले हो, यो । नयाँ व्यवसाय र उद्योगधन्धामा संलग्नता बढ्ने सङ्केत छ । मित्र र सहयोगीवर्गबाट पूर्ण सहयोग प्राप्त हुनेछ । लामो यात्राबाट लाभ हुनेछ । विदेशीहरूसँगको सम्पर्क बढ्ने छ । पारिवारिक जीवन सुखद हुनेछ । प्रणय र प्रेमसम्बन्ध विस्तार यो समय अनुकूल छ । गरेका प्रतिस्पर्धा र संघर्षमा विजयी हुनुहुनेछ । शत्रु पराजित हुनेछन् । यद्यपि कानको रोगले सताउन नसक्ला भन्न सकिन्न, तर सामान्यतया स्वास्थ्यस्थिति ठीकै रहनेछ ।
केतुको प्रभाव
केतु दोस्रो घरमा रहेको छ । यसको प्रभावले अपशब्दको प्रयोग गर्नाले आफन्तहरूसित वैरभाव सिर्जना हुनेछ । त्यसैले आफ्नो मुखलाई पूर्णरुपमा नियन्त्रण राख्नु आवश्यक छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । धनहानि हुने सम्भावना छ । आफ्नो घरपरिवारकै सदस्यका साथमा पनि सम्बन्ध बिग्रनसक्छ । यतिबेला कुनै नयाँ कामधन्धा वा व्यवसाय सुरु नगर्नु बेस हुनेछ । यसै महिनाभित्र रोगव्याधिले आक्रमण पनि गर्नसक्छ । आत्मविश्वासमा कमी आउनाले निर्णयात्मक काममा अवरोध आउन सक्छ । यात्राबाट कुनै व्यवहारिक लाभ प्राप्त हुने छैन । आत्मीयजनले समेत तपाईंलाई सहयोग गर्न सक्ने छैनन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सूर्यको प्रभाव
सूर्य छैठौं घरमा रहेको छ । यसको प्रभावले जे गरे पनि सफलता हात पार्नु हुनेछ । समस्त समस्याहरूको स्वतः समाधान हुनेछ । शत्रुलाई पराजित तुल्याउनु हुनेछ र उसले तपाईंलाई नोक्सान गर्न सक्दैन । काम सफल हुनेछ र नोकरी र व्यायसायिक जीवनमा समेत सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । सम्मान र साख पनि प्राप्त हुनेछ । समग्रमा यो एउटा सफलतम समय हुनेछ ।
चन्द्रको प्रभाव
चन्द्र आठौं घरमा रहेको छ । यसको प्रभावले विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । आज लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् ।
मङ्गलको प्रभाव
मङ्गल आठौं घरमा रहेको छ । यसको प्रभावले यो बिल्कुलै राम्रो समय होइन । ध्यान गर्नुहोस्, आर्थिक हानिको पूर्ण सम्भावना छ । कुनै जोखिमपूर्ण काम नगर्नुस् र जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनुस् । प्रतिकूल स्वास्थ्यका कारण कठिनाइको प्रारम्भ हुनेछ । आफ्ना परिजन र घरपरिवारकै सदस्यको सम्बन्धका कारण पनि तनाव सिर्जना हुने सम्भावना छ । कुनै परिचित व्यक्तिको मृत्युको खबर आउने सम्भावना पनि छ ।
बुधको प्रभाव
बुध सातौं घरमा रहेको छ । यसको प्रभावले प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ । विद्वानहरूका साथमा बस्ने मौका आउने छ । व्यापारव्यवसायमा समेत बृद्धि हुनेछ । विपरीत लिङ्गीहरूले तपाईंलाई सहायता प्राप्त हुनेछ । सुखद यात्रा हुने सम्भावना पनि छ । किनमेलका क्षेत्रबाट लाभ प्राप्त गर्नुहुनेछ र तपाईंका साझेदार र सहयोगीले तपाईंलाई पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल गर्नु हुनेछ ।
बृहस्पतिको प्रभाव
बृहस्पति पाँचौं घरमा रहेको छ । यसको प्रभावले आफूप्रतिको विश्वासले तपाईंलाई लगातार विजयी तुल्याउने छ । सम्मान र प्रतिष्ठा प्राप्त गर्नु हुनेछ । घर परिवारमा मांगलिक कार्यको आयोजना हुनेछ । प्रणय र प्रेमसम्बन्धका निमित्त समेत यो समय राम्रो छ । आफ्नो बुद्धिमत्ता र तीक्ष्ण दृष्टिकोणका कारण सही समयमा समुचित निर्णय लिनुहुनेछ । व्यापारव्यवसाय वा पेसाबाट लाभ प्राप्त गर्नुहुनेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध बढ्ने छ । धार्मिक क्रियाकलापसित सम्बद्ध हुने सम्भावना छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग प्रदान गर्नेछन् ।
शुक्रको प्रभाव
शुक्र पाँचौं घरमा रहेको छ । यसको प्रभावले वर्तमान समयमातपाईं विपरीतलिंगी प्रति आकर्षित हुनुहुनेछ । अचानक यस्तो घटना घट्ने छ जुन तपाईंका लागि हितकर हुन्छ । यस बाहेक वर्तमान समयमासामाजिक प्रतिष्ठा र सुखसम्मृद्धि पनि बढ्ने छ । अति सुखद पारिवारिक जीवन हुनेछ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । यदि तपाईंमा सृजनात्मक क्षमता छ भने कला संगीत आदि क्षेत्रमा उत्तम प्रगति हुने सम्भावना छ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ र पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । सञ्चारको माध्यमबाट कुनै राम्रो खबर पनि प्राप्त हुन सक्छ ।
शनिको प्रभाव
शनि आठौं घरमा रहेको छ । यसको प्रभावले कुनै महत्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सम्भावना पनि छ । तपाईंका साथीभाइ र सहयोगीले आफ्नो वचन पूरा गर्न सक्दैनन् । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । त्यसो त गूढ ज्ञान वा परामनोविज्ञान आदि क्षेत्रबाट कुनै सहायता प्राप्त हुन सक्छ । आफ्नो योग्यता र प्रतिभामा निर्भर हुँदा राम्रो हुनेछ । गर्नुहोस् । यदि वसीयत प्राप्तिको इच्छुक छ भने उसले अचानक प्राप्त होकर चमत्कृत कर देगी । कुनैको मौतको नराम्रो खबर प्राप्त हुन सक्छ । आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहोस् ।
राहुको प्रभाव
यसको प्रभावले वर्तमान समयमाआत्मविश्वासमा अभिबृद्धि हुनेछ । तपाईं निडर र जुझारु बन्नुहुनेछ र झैझगडा, विवाद आदिबाट पछाडि हट्नु हुन्न । मिहिनेत र कर्मठताले कामधन्धामा प्रगति र विकास हुनेछ । वरिष्ठ व्यक्तित्व र सत्ताधारी व्यक्तिसित सुमधुर सम्बन्ध कायम हुनेछ, साथै व्यापारव्यवसायबाट पनि राम्रो लाभ प्राप्त गर्नु हुनेछ । एउटा इच्छामाफिकको यात्रा सम्पन्न हुनाले असीमित लाभ प्राप्त हुनेछ । प्रतिस्पर्धामा विजयी भएर आफ्ना शत्रुमाथि दबाब सिर्जना गर्ने समय हो, यो । स्वास्थ्य पनि अनुकूल रहने छ ।
केतुको प्रभाव

केतु पहिलो घरमा रहेको छ । यसको प्रभावले व्यवहारिक र लचिलो हुने प्रयास गर्नुहोस् । वास्तवमा यतिबेला तपाईं निरर्थक काममा फँस्नु हुने सम्भावना छ । त्यसैले तपाईं व्यर्थ नै तनावग्रस्त रहनु हुनेछ । बढी आत्मविश्वासले पनि तपाईंलाई आपत्तितर्फ लिएर जानसक्छ । धनसम्पत्ति गुम्ने, लुटिने र हराउने सम्भावना पनि छ र आफ्नो प्रतिष्ठाप्रति समेत सचेत हुनु राम्रो हुन्छ । आफ्ना समस्याको समाधानका लागि पारिवारिक सरसहयोगमा बढी निर्भर नहुनु होला । मित्र र हितैषीले आफ्नो बाचा पूरा गर्ने छैनन् । यात्राबाट जतिसक्दो जोगिनु राम्रो हुन्छ । शत्रुपक्ष सबल छन् । स्वास्थ्य प्रतिकूल रहने छ, खानपान र आहारविहारमा ध्यान पुर्याउनुहवस् ।

२०७१ भाद्र महिनामा पर्ने मुख्यमुख्य पर्व महत्त्वपूर्ण दिनहरू




यस साइटमा भएका अन्य ज्योतिषसम्बद्ध आलेखहरू 


http://2.bp.blogspot.com/-zwyIrXmNHP0/UfigWNcqjBI/AAAAAAAACcg/H3r1bmE5ZSs/s200/Shiva+&+Shrawan+(1).jpg
कुनै योग्य र दक्ष ज्योतिषीलाई आफ्नो कुण्डली विश्लेषण गर्न लगाई रोगको कारक ग्रह कुन हो भन्ने पत्ता लगाउनु पर्दछ र त्यसपछि त्यस ग्रहसम्बद्ध वार वा नक्षत्र जुन दिन पर्दछ, त्यस दिन त्यस ग्रहसँग सम्बन्धित तुलादान गरी शिव रुद्राभिषेक र महामृत्युञ्जय मन्त्रको जप गर्दा रोग, शोक र भयबाट मुक्त भइन्छ।
http://4.bp.blogspot.com/-u7mQlLRfbQ4/Ue6tEm1D4uI/AAAAAAAACac/SGbvsR601p0/s320/Brihaspati+Graha+(2).jpg
वैज्ञानिक मान्यताअनुसार बुध, शुक्र, पृथ्वी र मङ्गलपछिको सूर्यबाट पाँचौंस्थानमा टाढा रहेको ग्रह बृहस्पति हो। यो ग्रह पृथ्वीभन्दा ३१८ गुना ठूलो छ। यसको परिक्रम मर्ग ७७,८३,३०,००० किलोमिटर लामो छ र यसको चौडाइ १,४२,९८४ किलोमिटर छ। त्यस्तै सूर्य, चन्द्रमा, शुक्र र मङ्गल ग्रहपछि बृहस्पतिग्रह आकाशको चौथो सबैभन्दा ठूलो चम्किलो पिण्ड हो।
Description: http://3.bp.blogspot.com/-CxAKOQnAc30/UV4ylaVsvFI/AAAAAAAAB9U/liV6hZTxdfg/s400/Rashifal.jpg
२७ वटा नक्षत्रमा जम्मा १०८ वटा नामाक्षर हुने र तिनै नामाक्षरलाई समान १२ भागगर्दा एक राशिमा ९ वटा अक्षर पर्नेभएकाले पनि नामराशि भन्नाले अगाडिको ९ नामाक्षरहरूको समूह हो भन्ने बुझ्नुपर्दछ । प्रत्येक राशिमा ९ जना प्रतिनिधि व्यक्ति रहन्छन् केवल एक व्यक्तिको पूरै राशिमा एकलौटी आधिपत्य हुदैन । यसकारण प्रत्येक व्यक्ति कुनै एक राशिमा सीमित हुन्छन् तर राशि कुनै एक व्यक्तिमा मात्रै सीमित रहन्न ।
http://3.bp.blogspot.com/-x__zudyQEp8/UeYZZZgGhtI/AAAAAAAACWU/8pEUJeaPEZY/s320/Budha.jpg
रोमन मिथकमा उल्लेख भएअनुसार बुध व्यापार, यात्रा र चौर्यकर्मको देवता हो। ग्रिसेली/युनानी परम्परामा वर्णन गरिने देवता हर्मिशको रोमन रूप बुध ग्रहलाई मान्ने चलन छ। बुध ग्रहलाई देवताहरूको सन्देशवाहक देवता पनि भन्ने गरिन्छ र यस ग्रहले सूर्यको परिक्रमा शीघ्र गतिमा गर्ने भएकाले सन्देशवाहक देवताको उपाधि प्राप्त गरेको हो।
Http://3.bp.blogspot.com/-CxAKOQnAc30/UV4ylaVsvFI/AAAAAAAAB9U/liV6hZTxdfg/s400/Rashifal.jpg
आकाशमा रहेका तारासमूहलाई नक्षत्र भनिन्छ। सामान्यतया नक्षत्र चन्द्रपथसँग सम्बन्धित हुन्छ, तर चन्द्रपथका अतिरिक्त आउने अन्य ताराहरूलाई पनि नक्षत्र नै भन्ने चलन छ। ऋग्वेदको एउटा प्रसङ्गमा सूर्यलाई पनि नक्षत्र भनिएको छ। अन्य नक्षत्र हरूमा सप्तर्षि र अगस्त्यको पनि चर्चा भेटिन्छ। नक्षत्रहरूको परिचय र सूची अथर्ववेद, तैत्तिरीय संहिता, शतपथ ब्राह्मण तथा लगधको वेदाङ्ग ज्योतिषआदि ग्रन्थमा प्राप्त हुन्छ।
http://3.bp.blogspot.com/-XcqsGrBz6r4/Udds2y4NcEI/AAAAAAAACRM/khRjwqIaUb8/s200/Mangal+Graha+(1).jpg
पूर्वीय वैदिक ज्योतिषमा मंगल ग्रहलाई मुख्यतया शक्ति र पुरुषत्वको कारकका रूपमा वर्णन गरिएको पाइन्छ। मंगल ग्रहले प्रत्येक व्यक्तिमा शारीरिक सामर्थ्य शक्ति मानसिक शक्ति र बलको प्रतिनिधित्व गरेको छ। मानसिक शक्ति भन्नाले निर्णय गर्ने क्षमता र उक्त निर्णयमा लिइने अडान भन्ने बुझिन्छ। मंगलको प्रभाव भएका जातकहरू सामान्यतया तथ्यको पहिचान गरी समुचित निर्णय गर्न र उक्त निर्णयलाई व्यावहारिक रूप प्रदान गर्न सक्षम हुने गर्दछन्।
http://3.bp.blogspot.com/-bspkteV3QRQ/UbAiYU0aQ8I/AAAAAAAACFI/r43d1yyZQrw/s400/Shani+Dev.jpg
सामान्यतया भारतमा शनि ग्रहको पूजा गर्ने र दान लिने अधिकार तल्लो जातका व्यक्तिहरू (डोम, मेहत्तर, चमार आदि) लाई मात्र छ भनिन्छ, नेपालको पहाडी जनजीवनमा जोगीलाई दिनुपर्छ भन्छन् तर अब व्यवसायिक जजमानी गर्ने नेपालका बाहुनहरू वास्तविकतालाई लुकाउँदै शुभसमय, साइत, गुरुशुक्रको उदयास्त आदि आधारभूत कुरालाई ख्यालै नगरी सामान्य जनमानसका भावना र आस्थालाई टेकेर भेटेसम्म धन बटुल्न चाहन्छन्……..
http://3.bp.blogspot.com/-ajpxnI9ZKrM/UdUEC9MbFqI/AAAAAAAACPM/iXD2qpczw6I/s320/Chandra.jpg
पश्चिमी ज्योतिषीय अवधारणामा समेत चन्द्रमाका वृत्तान्त प्राप्त हुन्छन्। रोमन कैथोलिकमा उल्लेख भएअनुसार चन्द्रमालाई 'Vergin Merry' को रूप मान्ने गरिन्छ। त्यहाँ चन्द्रलाई रात्रीकाल अर्थात् अन्धकारकी रानीका रूपमा लिइन्छ र Luna(डायना) भन्ने गरिन्छ। डायनालाई ग्रिसेली देवता अपोलोकी जुम्ल्याहा बहिनी मानिन्छ। त्यहाँ चन्द्रमालाई पवित्रता र प्रजनन क्षमतालाई नियन्त्रण गर्ने ग्रह पिण्ड मानी विश्लेषण गर्ने पद्धति छ।.
Description: http://kuwaitnepal.files.wordpress.com/2011/08/astrology.jpg?w=200&h=200
भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रुप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो।

http://3.bp.blogspot.com/-BxJnU6MJS4o/UdKDZYmWQdI/AAAAAAAACNk/zxuZp49if3A/s320/Surya1.jpg
माणिक्य सूर्यको मुख्य रत्न हो, यसलाई सुनमा बनाउन लगाएर यसमा रहेको रोगप्रतिरोधक क्षमतालाई बढाउन सकिन्छ, यसबाट व्यक्तित्वको विकास हुनुका साथै सरकारी प्रशासनिक र राजनैतिक साखलाई पनि बलियो बनाउन यस रत्नबाट सहयोग लिन सकिन्छ।
 
कुनै संघसंस्था वा परामर्शदाताले यस बेभसाइटमा विज्ञापन राख्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ, सम्पर्क गर्ने इमेल ठेगाना हो – gahateli@gmail.com सर्वाधिकार(Copyright) © २००९ 'ज्योतिषशास्त्र एवं वास्तुविज्ञान' - ज्योतिषसाथी', इटहरी-१, सुनसरी, नेपालमा सुरक्षित