परमआनन्द, जीवन र गायत्री मन्त्र
- दयाराम पाण्डे
"ॐ भूर्भुवस्व: तत्सवितुर्वरेण्यम् भर्गो देवस्य धीमहि धियो यो न: प्रचोदयात्"
“Om bhurbhuvah: swash: Tatsaviturvarenyam bhargo devasya dhimahi Dhiyo yo nah: prachodeyat”
हे! परब्रम्ह परमात्मा, सम्पुर्ण सगुण साकार तथा निर्गुण निराकार जगतका आधार, समस्त अज्ञानरुपी दु:खबाट छुटाई ज्ञानरुपी आनन्द प्राप्त गराउने हजुर यस्ता वरणगर्न योग्य विशुद्ध तेजोमय चेतन, मेरो बुद्धिमा विवेकरुपमा वास गर्नुहोस् ।
आनन्द र जीवनको अन्योन्याश्रति सम्बन्ध छ । जिउने कला जान्नका लागि आनन्द प्राप्त गर्न जान्नुपर्दछ भने आनन्द प्राप्त गर्नका लागि अध्यात्म चिन्तनलाई भौतिक विज्ञानसँग समायोजन गर्न आवश्यक पर्दछ । प्रकृति भौतिक विज्ञानको स्रोत तथा अधिष्ठान हो । मूल वेद-ऋग्वेदलगायतका ४ वेदहरू, बेदान्त विज्ञान हेर्दा यो यथार्थमा बाँच्ने कला सिकाउने प्रकृति प्रधान तथा नित्यकारी उपायहरूको खानी रहेको पाइन्छ । यो बुद्धिवृत्ति छ अर्थात् यसमा बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने प्रसङ्ग छ, यो जीवन निर्वाहको हकमा नगरी नहुने कर्म र संस्कार सिकाउने वैज्ञानिक शिक्षाको एकीकृतरूपमा छ । यो खासगरी कुनै धर्म विशेषको मन्त्र नभई सम्पूर्ण जीवको बुद्धि सत्मार्गमा लाग्न निर्देशित होस् भन्ने एउटा कामना तथा सदिच्छाको रूपमा छ । यसले जीवनलाई परम आनन्दमा परिणत गरी सार्थकता प्रदान गर्दछ । गायत्री मन्त्रका अक्षर विशेष, शब्द विशेष छुट्टाछुट्टै र समग्र रूपमा एकीकृत सारले यसको पुष्टि गरेका छन् ।
गायत्री मन्त्रमा परमात्मको उल्लेख गरेको छ र स्थायी सुख (आनन्द) र परमात्मको सम्बन्ध देखिएको छ । यसैले यसको जानकारी जरुरी देखिन्छ । स्थायी सुख (आनन्द) का लागि सुक्ष्म मननको प्रयास आवश्यक हुन्छ । यसका लागि अनेक विवेक लगाउनुपर्ने हुन्छ । संसारमा अनेकौँ प्राणी भए पनि विवेक गर्न सक्ने क्षमता मानिसमा मात्र हुन्छ । विवेक गर्नु भनेको कुनै विषयवस्तु उपर विभिन्न दृष्टिकोणबाट मनन गर्नु हो र यथार्थ पहिल्याउनु हो । यसका लागि तत्त्वज्ञान जान्नुपर्ने, परम पुरुषार्थमा लाग्नुपर्ने हुन्छ । परम भनेको त्यस्तो अन्तिम विन्दुको अवस्था हो जसभन्दा पछि अरू थप प्राप्त गर्न बाँकी रहँदैन । आध्यात्मिक अर्थमा पुरुष भनेको जीवात्मा हो, अर्थ भनेको यस मानेमा प्रयोजन वा लक्ष्य हो । अर्थात् परम पुरुषार्थ भनेको जीवात्माको जीवनको त्यस्तो अन्तिम विन्दुको लक्ष्य वा प्रयोजन हो जुन पछि उसको अरू कुनै लक्ष्य वा गन्तव्य बाँकी रहँदैन । बुद्धिको अधिष्ठान व्यापक महत्व हो, महतत्वको अधिष्ठान प्रकृति हो, प्रकृतिको अधिष्ठान सर्वव्यापक चैतन्यस्वरूकप परब्रहृम हो । यही ब्रहृमलाई शरीरभित्र रहेर जीवनलाई चेतना प्रदान गर्ने अवस्थामा आत्मा भनिने हो । यही सर्वअधिष्ठान हो । परमात्म तत्त्वज्ञानसँग सम्बन्धित हुन्छ । तत्त्वज्ञान र परमानन्द (परम आनन्द) प्राप्ति एक अर्काका पर्यायवाची हुन् । तत्त्वज्ञान नभई परमानन्द प्राप्ति हुँदैन र परमानन्द प्राप्तिको अवस्थामा स्वभावतः तत्त्वज्ञान हुन्छ । यी दुबैका लागि दुःख निवृत्ति हुनु आवश्यक हुन्छ । नित्य अर्थात् सत्/चित्मा मात्र परम सुखको अनुभूति हुन्छ । मानिस विवेकयुक्त प्राणी भएकाले विवेकको प्रयोगबाट परम आनन्दको यथार्थता पहिल्याउनु र त्यसैमा स्थित हुनु मै उसको जीवनको सार्थकता ठहर्छ ।
गायत्री मन्त्र ''ॐः भूर्भुवः स्वः तत् सवितुर्वरेण्यंः भर्गाे देवस्य धीमहि धियो यो नः प्रचोदयात् (यजुर्वेद ३६-३)) को भावः
ॐ
ॐ लाई प्रणव भनिएको छ । प्रणव भनेको साराको सारा मन्त्रको पनि सारतत्व हो । त्यसैले ॐ आफैँमा पनि पूर्ण मन्त्र हो । यसले निराकार तत्त्व (परमेश्वर परमात्माको) प्रति लक्ष्यित गराउँछ र उनको शरणागत, उपाशना र आहृवान जनाउँछ भनी मानिएको छ । यो यस्तो ध्वनि विशेष हो, जसले शरीरमा स्फूर्तता प्रदान गर्दछ । यो अ, उ, म र चन्द्रविन्दुको मिश्रणबाट बन्दछ । ॐ ले लक्ष्यित गरेको परम आत्मा अर्थात् परब्रहृम परमात्मा सत् हो । त्यसैले यो नित्य छ । ॐ वाचनाको साधनाले साधकलाई नित्यतर्फ अर्थात् सत्तर्फ उन्मुख गराउँदछ ।
त्यसैगरी ॐ चित् हो । चित् भनेको चेतनस्वरूप हो । उनकै चैतन्य सत्ताका आधारमा चेतन प्रकृति चल्दछ । त्यसैगरी प्रत्येक प्राणीमा चेतना जाग्दछ । त्यही चैतन्य नै चित् हो । चित् ज्ञानस्वरूप हुन्छ ।
भूर्भुवः स्वः
भूर्भुवः स्वः ले व्यापक ब्रहृमाण्ड जगत्मा परमेश्वर परमात्माको अवस्थिति एवं प्रभावको विषय दर्शाउँछ । व्यापक ब्रहृमाण्डलाई बुझाउने भएकालेे यस
(भूर्भुव ः स्वः) लाई गायत्री मन्त्र भित्र पारिँदैन । ब्रहृमाण्ड जगत्मा दुई थरी कुरा छन्ः दृष्टि र द्रष्टा । भोक लागेको थाहा पाउँदा भोक दृष्टि हो भने भोक थाहा पाउने (प्रज्ञान) द्रष्टा हो । दृश्यमा विषयवस्तु, शरीर, इन्द्रीय, मन, बुद्धि, आवाज, योजना, कल्पना, भावना, प्रपञ्च, क्रियाकलाप, उद्देश्य, प्राप्ति, नियत, स्वभाव, समय आदि पर्दछन् । ती सबका सब थाहा पाउने द्रष्टा हो । संसारमा दुईथरी कुरा ः दृष्टि र द्रष्टा वा क्षेत्र र क्षेत्रज्ञ छन् या नित्य र अनित्य छन् या जड र चेतन छन् या आत्मा र अनात्मा छन् या सत् र असत् छन् आदि । भूर्भुवः स्वःले सङ्केत गर्ने ब्रहृमाण्ड जगत् पनि यत्ति नै छन् ।
तत् सवितुर्वरेण्यं
तत्ले ॐलाई, भूर्भुवः स्वःको अधिष्ठान चैतन्यलाई, सर्व उपास्य सूर्यको समेत नियमन गर्ने तत्त्वलाई एवं तेजोमय शक्तिलाई सङ्केत गर्दछ । सविताले तेजोमय प्रकाशपुञ्ज सूर्यलाई जनाउँछ । यहाँ वरेण्यंको अर्थवरण गर्न योग्य वा अपनाउन योग्य भन्ने लाग्छ । महान् शक्तिशाली प्रकाश पुञ्ज सूर्यनारायणसमेत उनै परमात्म चैतन्यका आधारमा प्रकाशित हुन्छन् भनेर देखाउन गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं राखिएको छ । सर्वउपास्य सूर्यको महानताको कारण नै साकार सूर्यवरणको माध्यमबाट निराकार परमात्म तेजसम्मका शृङ्खला मिलेको छ । सूर्य सर्वद्रष्टा हुन् । उनको तेजको पहुँच सर्वत्र छ । उनको त्यो चौतर्फी पहुँच र दृष्टिबाट कुनै पनि अरिष्ट/अनिष्ट छिप्दैनन् । आफूउपर कुनै अरिष्ट/अनिष्ट आउँदैछ भने ती सबै सूर्यको रश्मिबाट खिचिएर नाश हुन् भन्ने भावमय प्रार्थना सूर्यवरणमा छिपेको हुन्छ । यसरी साकारमा सूर्य महान् छन् । उनै जगत्का सञ्चालक हुन् । उनै जगत्का प्रकाशक हुन् । सूर्यमा जुन दिव्य ताप र प्रकाश छ त्यो एकनास छ । सूर्य सधैँ जाज्ज्वल्यमान छन् र उनको प्रकाशमा रतिभर घटबढ छैन । त्यस्ता सबैका हितकारक र सबैबाट कुनै न कुनै तरहले वरण हुने तेजयुक्त सूर्यसमेतको नियमनमा अर्को त्योभन्दा महान् तत्त्व प्रति लक्षित गर्न सर्व सहज प्रस्तुतिका लागि गायत्री मन्त्रमा तत् सवितुर्वरेण्यं समावेश छ ।
भर्गो देवस्य धीमहि
भर्गो भन्नाले तेज भन्ने बुझिन्छ जुन तेज हाम्रो अन्तःकरणमा भएको विकार एवं अज्ञान नाश गर्न सक्षम छ । जीवलाई जीवत्त्व प्रदान गर्न सक्षम छ । तेजसँग प्रकाश सम्बन्धित हुन आउँछ । त्यस्तो प्रकाश जसले दिव्य प्रकाशित सूर्यलाई समेत नियमन गर्दछ, त्यस्तो तेज जसले बुद्धिलाई स्फूरण हुन सत्ता प्रदान गर्दछ, यसको चेतना स्फूरणको अधिष्ठान चैतन्यलाई लक्ष्यित गरेर त्यसैमा बुद्धिवृत्ति लक्ष्यित गराउने प्रयोजन छ । भर्गाे देवस्यलाई जनाउनेे प्रतीक ॐ हो ।
देवस्यको अर्थ देवको भन्ने लाग्छ, दैवी तत्त्वको भन्ने बुझिन्छ । सूर्य तेजमा निरन्तरता हुनुमा त्यसलाई नियमन गर्ने अर्को थप शक्ति हुनैपर्दछ भन्ने दृढताबाट अघि बढ्दै गायत्री मन्त्रमा भर्गाे देवस्यबाट निराकारको फाँटमा पुर्याइएको छ । त्यसको सङ्केत भर्गोमा गएर टुङ्गिएको छ । त्यस्ता दिव्य प्रकाशमय एवं अलौकिक खालका र सूर्यभन्दा पनि महान्को सङ्केत भर्गोलाई गर्दछ ।
गायत्री मन्त्रमा चैतन्य तेजको ध्यानको प्रतिवद्धता आएको छ । धीमहिको अर्थ ध्यान गर्छु भन्ने प्रतिबद्धता हुन्छ । ध्यान गर्नु भनेको तप गर्नु हो । तपको दायरामा भक्ति, उपाशना, सेवा, अर्पण, चिन्तन, दास्यभाव आदि सबै पर्दछन् । यसका सहयोगसिद्ध कुराहरू दम र कर्तव्य कर्म हुन् । दम भनेको मन, इन्द्रीयको अनावश्यक सञ्चालनमा संयमता र नियन्त्रण हो । जीवन निर्वाहको हकमा नगरी नहुने कर्म र परमात्म विषयक कार्यहरू कर्तव्य कर्मको दायरामा पर्दछन् । यस्ता कुरामा निरन्तरता आएपछि सोही संस्कार सूक्ष्म शरीरमा बस्दै जान्छ । यस्तो संस्कारले अन्तःकरणका दूषित मलिनता हट्नमा बल मिल्दछ ।
यस्ता दूषित मलिनता पूर्व जन्मबाट पनि सरेर आउने हुनाले वर्तमानलाई मात्र अन्दाज गरेर हुँदैन । परिस्कृत संस्कार बसेपछि यस अघिका दूषित गुणहरू पनि क्रमिक रूपमा हट्दै जाने हुन्छन् । यस्तो साधनाको परिपाक अवस्था नै सूक्ष्म शरीरको नाश र परमात्मा एकाकार हो । त्यही ध्येय तत्त्व परमात्म चैतन्य तेज एवं सोको शक्ति उपर केन्दि्रत हुनु पर्दछ । आफ्नो यथार्थ स्वरूप तत् अर्थात् त्यो दैवी तेज नै हो । त्यही तेज नै आफ्नो चेतना हो र चेतना नै सर्वस्व हो । यसको अनुपस्थितिमा शरीर मृत नै हुन्छ । दूषित विकारीपनमा सञ्चित कर्म र क्रियमाण कर्म स्थापित रहेको हुन्छ । सञ्चित कर्म र क्रियमाण कर्मको समुच्च रूप नै प्रारब्ध हो ।
धियो यो नः प्रचोदयात्
धियो भनेको बुद्धि हो । यो ले दैवी शक्तिमा लक्ष्यित गरेको छ । नः भनेको हाम्रो भन्ने बुझिन्छ । प्रचोदयात् भनेको अभिपे्ररित होओस् वा उन्मुख होओस् वा उत्प्रेरित होओस् भन्ने अर्थ लाग्छ अर्थात् हाम्रो बुद्धिवृत्ति सोही परमात्म तेजतर्फ उन्मुख होओस् भन्ने बुझिन्छ । अतः यहाँ बुद्धिलाई चैतन्यतर्फ उन्मुख गराउने प्रसङ्ग छ ।
यसरी गायत्री मन्त्रको छोटकरी अर्थ हुन आउँछ ः आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौं । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।
गायत्री मन्त्रको आनन्द र जीवनसँगको अन्तर्सम्बन्ध
आत्मचैतन्य जव अन्तःकरणमा पर्छ त्यसको प्रतिविम्ब स्वरूप एउटा आभास निस्कन्छ । त्यसलाई चिदाभास भनिन्छ । चिदाभास अन्तःकरणको मलिनताका आधारमा प्रकाशित हुने हुँदा आत्म चैतन्यजस्तो सफा स्थितिमा हुँदैन तर शरीर सञ्चालन यसैका आधारमा हुन्छ । यसै आभासको अवस्था नै जीव हो । अन्तःकरणको मलिनता हट्ने हो भने आत्माको पूर्ण प्रकाशबाट शरीर सञ्चालन हुने अवसर मिल्दछ । अनि आनन्दघन आत्मामा दुःख हुँदैन किनकि दुःखको उद्गमस्थल अन्तःकरणको मलिनतामा हुन्छ । अन्तःकरणमा मलिनता भएसम्म सुख दुःखको कर्ता-भोक्ता रूपको जीवभाव रहन्छ । अन्तःकरणको मलिनता हटे चिदाभास र परमात्म चैतन्यमा भिन्नता हुँदैन । दुबै एकै भए जीवभाव आत्मामा एकाकार हुन जान्छ । अर्थात् जीवभाव आत्मामा विलिन हुन्छ । यसरी आत्मचैतन्यबाट सोझै शरीर सञ्चालन हुन्छ । यसपछि आनन्दघन आत्मचैतन्यबाट दुःख हुँदैन । यसरी सबैले खोज्ने परम सुख मिलेपछि लक्ष्य पूरा हुन्छ । यही कारण गायत्री मन्त्रमा परमात्म तेजतर्फ उन्मुख हुने सदिच्छा जीवको रहेको हो । यस प्रकारले मलिनता घट्नु, हट्नु वा बढ्नुमा बुद्धिकै प्रधानता भएको स्पष्ट छ । बुद्धिमा विवेक प्रयोग गरे मलिनता घट्दै जाने र बुद्धिमा विवेकहीन अवस्था भए अहङ्कारको आवरणले छेकिएर विपरीत कर्म हुन जाँदा अन्तःकरणमा मलिनताको मात्रा बढ्छ । अन्तःकरणमा जति बढी मलिनताले छाउँछ त्यति दुःखका बीजहरू अङ्कुरित हुन्छन् । यस्तो अवस्थामा तमोगुणको हावी, चिड्चिडे स्वभाव, दम्भ, अहङ्कारजस्ता कुरा तुरुन्तै बढ्छन् र बेचैनी जीवन बिताउन बाध्य हुनुपर्ने हुन्छ । यो नै दुःख हो ।
जीवात्मलाई आत्मामा एकाकार गराउनमा बाधक अन्तःकरणको मलिनता हुन आउँछ । त्यो बाधा फुकाउन प्रतिबद्धतासाथ लाग्ने प्रयोजन नै गायत्री मन्त्र जप्नुमा रहन्छ । गायत्री मन्त्र त्यस्तो माध्यम वा पुल हो जसले दुःख भोग्न बाध्य जीवात्मालाई त्यसबाट छुटकारा दिलाएर अखण्ड आनन्दमा स्थापित गराउँछ । परमात्मामा स्थापित अर्थात् ऐक्य भएपछि अखण्ड आनन्द मात्र मिल्दछ । यो नै सार्थक जीवनको अवस्था हो ।
यस बेबसाइटभित्रका अन्य आध्यात्मिक लेखहरू
|
वेदलाई ज्ञानको सागर भनिन्छ । अन्य समस्त ज्ञान, विज्ञानको स्रोत यही सारतत्त्वबाट अनुप्राणित छन् । भगवान्
वेद पुरुषका षडङ्गको रूपमा जो छ, वेदाङ्गशास्त्रको वर्णन गरिएको छ, त्यसमा ज्योतिषशास्त्रलाई वेद पुरुषको नेत्र
बताइएको छ । सम्पूर्ण अङ्गमा आँखा नै श्रेष्ठ छ, किनकिमानवको समस्त व्यवहार आँखाको सहयोगबाट सुचारुरूपले सञ्चालित हुन्छन् ।
|
|
पूर्वीय दर्शनको निष्कर्ष छ-मनको निरन्तर सक्रियता नै दुःखको कारण हो । मनको चञ्चलता र अतिवादिताबाट आजित भएकोले नै मान्छेले मनको एकाग्रता र विश्रान्तका लागि अनेकन उपाय खोजेको छ । योगशास्त्रको मूल विषय नै मनको अघोरको चञ्चलता नियन्त्रण र अविश्रान्त प्रकृतिलाई विश्राम दिने प्रयत्न हो । चित्तवृत्ति निरोध नै योग भनी परिभाषित गरिएको छ र चित्तवृत्ति भनेको मनको सतत् विचरणशील प्रकृति हो ।
|
|
शरीरको बनोटको प्रकृति हेर्दा भगवान बाहेक अरुले बनाएको भन्न मिल्ने ठाउँ कतै छैन । तामस अहंकारबाट पाचमहाभूतका तत्वहरुले बनेको शरीर भएकोले नाशवान छ । देह तथा शरीर सन्चालन गर्ने जीवात्मा अब्यय (अमर) भएकोले जीव संगसंगै आएका तत्वहरु मन, बुद्धि, अहंकार, चित्त, काल र जीव यी अबिनाशी षड्बर्ग तत्वहरु शरीर भित्रै रहेका छन् ।
|
|
संसारभरी हालसम्म प्रचलनमा रहेका धर्महरुमा हिन्दु धर्म सबभन्दा पुरानो र तेस्रो ठुलो भएको कुरा बिभिन्न पुरातात्वीक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन्। तर प्राचीनकालमा यो धर्मलाई हिन्दु धर्मका नामले चिनिदैनथ्यो। प्राचीनकालमा हिन्दु धर्मलाई 'प्राचीन सभ्यता' भन्ने गरिन्थ्थो। हिन्दु धर्म दुई भिन्न आस्था मिसिएर एक बनेको बिभिन्न पुरातात्वीक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन।
|
|
अध्यात्म धर्म होइन, मनको संवेग, विशेषता वा क्षमता पनि होइन । अध्यात्म केवल मानसिकस्वःस्फुर्त शक्ति हो, जसले मानसिकतामा आचारसंहिता, शालिनता तथा सौम्यभाव सिर्जना गर्छ। अध्यात्म भनेको नैतिक ऊर्जा हो, जसले मानवलाई भौतिक तथा पारमार्थिक शान्तिको मार्गप्रशस्त गराउँछ । तसर्थ अध्यात्म समाजलाई पुरातनवादी मान्यतामा अगाडि बढाउने कुनै धर्मवा कर्मकाण्डीय रूढीग्रस्त विषय पनि होइन ।
|
|
'तु'- तुरीय अवस्था ज्ञानको प्रतीक राम, 'ल'को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चतत्त्वको 'शरीर' हो । 'सी'को अर्थ मानव हृदय भावनाको प्रतीक भक्तिसीता हो । यसैले 'तुलसी'को शाब्दिक विश्लेषण हुन आउछ - ज्ञान, वैराग्य भक्ति र भक्तिको प्रतीक मानव जीवन ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोगको अर्थ नै 'तुलसी'को शाब्दिक अर्थ हुनआउछ ।
|
|
व्यक्ति वा वस्तुको अभिन्न स्वभावलाई धर्म भनिन्छ । अर्थात् गुन गुण वा विशेषताले कसैको पनि सत्ता वा अस्तित्व कायम राख्दछ त्यही धर्म हो । जस्तै सूर्यमा रहने ताप र प्रकाश उसको धर्म हो भने भिजाउने धर्म पानीको हो । मानवको सर्न्दर्भमा क्षमा, दया, प्रेम, सेवा, अनुशासन सद्भावना जस्ता सदाचार र सद्व्यवहारलाई धर्म भन्न सकिन्छ । त्यसैले समाज र राष्ट्रलाई उँभो लगाउनका साथै व्यक्तिविशेषको बौद्धिक आत्मिक उन्नति र शुद्धिकरणका लागि धर्म अपरिहार्य हुन्छ ।
|






प्रतिक्रिया व्यक्त गर्नुहोस्